चितवन। मालिका मन्दिर ब्यबस्थापन समिती र विश्व हिन्दु महासंघ चितवन को आयोजना मा बिक्रम सम्बत २०७९ लाई बिधाइ गर्दै नया बर्ष २०८० लाई स्वागत गर्न आज भरतपुर को हाकिमचोक मा दिप प्रज्वलन कार्यक्रम गर्दै स्वागत गर्यो । मालिका मन्दिर ब्यबस्थापन समिती का अध्यक्ष महाप्रसाद सिलवाल को अध्यक्षतामा भयको द्दिप प्रज्वलन कार्यक्रम मा विश्व हिन्दु महासंघ का केन्द्रिय सदस्य घनश्याम पौडेल ूश्यामू प्रमुख अथिती र विश्व हिन्दु महासंघ चितवन का वरिस्ट उपाध्यक्ष राजेन्द्र आचार्य विशिष्ट अथिती हुनुहुन्थ्यो ।
कार्यक्रम मा बोल्दै प्रमुख अथिती पौडेल ले २०८० साल नया मात्रै हैन हिन्दुराष्ट्र निर्माण को आन्दोलन को ऐतिहासिक बर्ष रहने भन्दै धर्म सस्कार परम्परा र सस्क्रुती जोगाउन युवा जुट्ने बेला आयको बताउदै महासंघ गोलबन्द हुँदै अगामी आन्दोलन शसक्त बनाउन आवहान गर्नु भयो । २०८० को शुभकामना दिदै अङ्ग्रेजी बर्षमा प्रतिशत को आधार मा छुट दिने ब्यबसयीक फम र होटल हरुले आफ्नो मौलिक नया बर्ष मा सानो कार्यक्रम पनि गर्न नसकेको मा गुनासो गर्दै यी र यस्ता कार्यले हाम्रा परम्परा को मर्म मा प्रहार गरेको बताउनु भयो ।
सस्कार बेचेर हैन समृद्द बनायर देखायर पर्यटन क्षेत्र बलोयो बनाउन सकिने भन्दै बिक्रम सम्बत विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। विक्रम सम्बत नेपालको आदि संवत् समेत हो। त्यसैले प्रमुख प्राथामिमता दिन आग्रह गर्नु भयो । कार्यक्रम मा विश्व हिन्दु महासंघ चितवन का वरिस्ट उपाध्यक्ष राजेन्द्र आचाॠ लगायतले नया बर्षको शुभकामना दिदै समापन भयको थियो ।








