चितवन । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसका सदस्य भएर अन्य पार्टीलाई मतदान गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस कालिका नगरसमितिले आज आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसको सदस्यहरुले मात्रै नभएर गठवन्धनमा रहेका पार्टीहरुलाई समेत त्यो छुट नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो “काँग्रेस हुँ भन्ने र मतदान अन्यत्र गर्ने गर्दा आँफैले आँफैलाई एक पटक सोच्न जरुरी छ ।”
अहिले जनतामा देखिएको नैरास्यताको अन्त काँग्रेसले मात्रै गर्नसक्ने दावि गर्नुभयो । उहाँले भन्नुभयो “दलहरुले कसैलाई घेरावन्दी गरेको भन्ने कुरा गलत हो ।” चितवन दुईका मतदातालाई भावनाको ब्यपारमा नवहकिन उहाँले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो “कसैले कसैलाई घेरावन्दी गरेको भन्ने गलत हो । यो भ्रममा कोही पनि नपर्नुहोला । लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो । लोकतन्त्रमा न्याय नै सर्वमान्य हुन्छ ।” नेपालको कानुनले दोहोरो नागरिकता र राहदानी लिन नपाउने बताउँदै महामन्त्री थापाले त्यो कुरा नहुँदा नै चितवन २ का जनप्रतिनिधीको पद खुस्किएको बताउनुभयो ।
काङ्ग्रेस माओवादी एमाले लगाएतका दलहरुले घेरावन्दीमा पारेर न्यायलयलाइ प्रभावित वनाएर संसद पद गएको भन्ने कुरा गलत भएको उहाँको दावि थियो । उहाँले मतदातालाई तथ्यमा टेकेर निर्णय लिन पनि आग्रह गर्नुभयो । सो अवसरमा वोल्दै माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य एबं भरतपुर महानगरकी प्रमुख रेनु दाहालले गठवन्धन लामो समय वचाउन पनि काङ्ग्रेस उमेदवारलाई भोट दिनुपर्ने धारणा राख्नुभयो । पार्टीका अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धनलाई चुनाब जिताउन निर्देशन दिएकै कारण पार्टीका जिल्ला तहका नेता कार्यकर्ता त्यही अनुसार परिचालन भएको उहाँको भनाई थियो ।
सो अवसरमा बोल्दै काँग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले मतदाताहरुले आफूलाई जिताए क्षेत्रकै विकासमा आफू लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, कालिका नगरसभापति दिपेश्वर केसी लगाएतले बोल्नुभएको थियो ।








