• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

जनताको सेवक बनेर काम गर्छु : उम्मेदवार न्यौपाने

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्नु बताएका छन् । आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने, “म निर्वाचित भएर गएपछि सांसद होइन, तपाईँहरुको सेवक बनेर काम गर्छु ।” देशमा यहाँ किसान, व्यवसायी, महिला, युवा सबैका समस्या रहेका उल्लेख गर्दै उम्मेदवार न्यौपानेले सबै समस्याको समाधानका लागि सरकारलाई दबाब दिने बताए ।

    “यहाँ धेरै समस्या छन्, सबै समस्या एकपटक समाधान हुँदैनन्” न्यौपानेले भने, “प्राथमिकताको आधारमा समस्या समाधानका लागि मेरो प्रयास रहन्छ ।” अहिलेसम्म आफूले कुनै पनि गलत काम नगरेको र अबका दिनमा पनि गलत नगर्ने उनले प्रतिबद्धता जनाए । भरतपुरलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्दै इच्छाकामनालाई पर्यटकीय क्षेत्र तथा कालिका नगरपालिकापालिकालाई औद्योगिक क्षेत्रकोरुपमा विकास गर्ने आफ्नो योजना रहेको न्यौपानेको भनाइ छ ।

    भरतपुर देशकै केन्द्रमा रहेको यहाँ स्वास्थ्य, शिक्षासँगै व्यापारको साम्रो सम्भावना भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने न्यौपानेले बताए । चितवनको विकास निर्माणमा यहीँका युवाहरुको सहभागिता गराउने गरी आफूले योजना तयार पार्ने उनले बताए । सुन्दर चितवन, समृद्ध चितवन बनाउन महिला शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरुले महिलाको सम्मान गर्दै आएको न्यौपानेले बताए । “नारी शक्तिका विरुद्ध अनर्गल प्रचार गर्ने र तथानाम गाली गर्ने प्रवृत्तिलाई हामी सहन गर्न सक्दैनौँ, त्यस्तो गर्नु भनेको समग्र नारीको अपमान गर्नु हो” उनले भने ।

    अखिल नेपाल महिला संघ (अनेमसंघ) चुनाव प्रचार–प्रसार समिति चितवनले आयोजना गरेको कोणसभालाई पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालले सम्बोधन गर्दै महिलाहरुलाई माथि उठाउने सम्मान गर्ने एकमात्रै पार्टी नेकपा एमाले भएको बताइन् । “महिलालाई नेतृत्व दिनुपर्छ भनेर बहस र पैरवी गर्दै बोलेको कुरा प्रमाणित गरेर देखाउने पार्टी एमाले हो” उनले भनिन्, “महिला राष्ट्रपति, महिलानै पार्टीको जिल्ला अध्यक्ष बनाउने पार्टी पनि एमाले नै हो, त्यसैले हामी बोल्नेमात्रै होइन, गरेर देखाउँछौँ ।”

    एमाले सपना बाँड्ने पार्टी नभएको भन्दै बोलेका कुराहरु पूरा गर्ने पार्टी भएको अर्यालले बताइन् । महिलालाई माया गर्ने र महिलाको पक्षमा बोल्ने तथा कानून बनाउने पार्टी एमाले भएको अर्यालले बताइन् । “नारी शक्ति प्रदर्शन गर्न ¥याली गर्नु राम्रो हो, महिलाले चाह्यो भने सकारात्मक रिजल्ट दिन सक्छन्” अर्यालले भनिन्, “यसपटक युवा तथा चितवनकै माटोमा भिजेका रामप्रसाद न्यौपानेलाई सूर्यमा भोट हालेर जिताएर पठाउन महिला दिदीबहिनीहरुसँग आग्रह गर्न चाहान्छु ।”

    कोणसभा अघि अनेमसंघले नारायणगढको लायन्सचोकबाट वृहत ¥याली निकालेको थियो । महिलाहरुको अगुवाईमा निस्किएको ¥याली पुलचोक, मेनरोड, लिलाचोक हुँदै पोखरा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता नेकपा एमालेकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य शिवकुमारी गोतामेले गरेकी थिइन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.