• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन

  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९/८० को नौ महिनामा एक लाख १६ हजार आठ सय १२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आवको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “चालु आवको चैतसम्म भक्तपुरमा ६७ हजार सात सय जना गैरसार्क राष्ट्रका र ४९ हजार एक सय १२ जना चीनसहितका सार्क राष्ट्रका पर्यटकको आगमन भएको छ ।” गत आव २०७८/७९ को सोही अवधिमा भक्तपुर नगर क्षेत्रका सम्पदाको आवलोकनका लागि गैरसार्क राष्ट्रबाट ११ हजार चार सय ४० र सार्क राष्ट्र तथा चीनबाट ११ हजार सात सय २७ गरी कुल २३ हजार एक सय ६७ पर्यटकको आगमन भएको थियो । गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार तीन सय ८५ गरी कुल ९३ हजार छ सय ४५ बढी पर्यटकको आगमन भएको छ ।

    यस अवधिमा भक्तपुर नगरपालिकाले गत वर्षको नौ महिनामा भन्दा रु ११ करोड १४ लाख ३१ हजार पाँच सय बढी पर्यटन शुल्क सङ्कलन गरेको छ । गत आव २०७८/७९ को समीक्षा अवधिमा नगरपालिकाले कुल रु दुई करोड ३० लाख २३ हजार पाँच सय पर्यटन शुल्क सङ्कलन गरेकामा चालु आवको यो नौ महिनामा नगरपालिकाले गैरसार्कका पर्यटकबाट रु १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु दुई करोड ४५ लाख ५६ हजार गरी कुल रु १३ करोड ४४ लाख ५५ हजार पर्यटन शुल्क सङ्कलन गरेको छ ।

    भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग नेरु एक हजार पाँच सयबाट रु तीन शुल्क वृद्धि गरि रु एक हजार आठ सय कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो । भक्तपुर नगरमा हाल दैनिक पाँचदेखि छ सयको हाराहारीमा विदेशी पर्यटक आगमन हुने गरेको छ । भक्तपुर घुम्न प्रायः भारत, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटकको आगमन बढ्न थालेको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

    भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र भएको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका विभिन्न पेसा व्यवसायीमा पनि आर्थिक गतिविधि बढ्न थालेको छ । भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा हाल यो एक वर्षमा १४ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न गरेको र अन्य दर्जनौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार जारी राखेको बताएको छ ।

    अघिल्लो पाँच वर्षमा भक्तपुर नगरपालिकाले एक सय २४ वटा सम्पदा जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.