• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

ताल सुकेपछि जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । लामो समयदेखि परेको खडेरीको कारणले वनभित्रका तालहरु सुक्खा भएपछि वन्यजन्तुका लागि पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले जेनेरेटरको सहायताले तालमा पानी भर्न सुरु गरेको छ । पूर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा ताल खडेरीका कारणले सुक्खा भएपछि वन्यजन्तुका लागि पिउने पानी र आहालको व्यवस्था गर्न सामुदायिक वनले आफ्नै खर्चमा तालमा जेनेरेटरको सहायताले पानी भर्न सुरु गरेको हो ।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा तालमा पानी हुँदा एकै समयमा दर्जन बढी एकसिङ्गे गैँडाहरु आहाल खेल्दै गरेको अवस्थामा भेटिने गरेका थिए । लामो समयदेखि परेको खडेरीका कारण ताल सुक्दा जङ्गल सफारीका क्रममा गैँडा हेर्न आउने पर्यटक त्यसै फर्किनु परेको उल्लेख गर्दै गत पाँच दिनदेखि सामुदायिक वनले तालमा पानी भर्न सुरु गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताउनुभयो ।

    “पानी नभएर ताल सुक्खा भएपछि गैँडालगायत जनावर देखिन छोडेपछि पर्यटकहरु त्यसै फर्किन परेकाले वनभित्र रहेको करिब एक किलोमिटर लामो तालमा विगत पाँच दिनदेखि वन्यजन्तुका लागि पानी भर्न सुरु गरेका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो । नमुना मध्यवर्ती सामुदायिक वनको यो क्षेत्रमा पूर्वी नवलपरासीको अमलटारीबाट मध्यवर्ती क्षेत्रका वनमा जङ्गल सफारीका लागि आउने पर्यटकका लागि रोजाइको क्षेत्र भए पनि पछिल्लो समय खडेरीका कारणले ताल सुक्खा हुँदा उनीहरु गैँडा नदेखी फर्किने गरेका थियो ।

    तालमा पानी भर्न सुरु गरेपछि गैँडा लगायतका जनावरहरु पानी पिउन तथा आहालका लागि आउन सुरु गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले पानी परेर मूल नफुट्दासम्म दैनिक पानी भर्ने बताउनुहुन्छ । सामुदायिक वनमा गत वर्ष गाडेको बोरिङमा जेनेरेटर जोडेर पानी निकालेर ताल भर्ने काममा सामुदायिक वनका पदाधिकारी र स्थानीय पालो गरेर लागेका स्थानीयवासी जितेन्द्र सापकोटाले बताउनुभयो । निकुञ्जसँग ताल भर्नका लागि सहयोग मागेर नपाएपछि वनले आफ्नै खर्चमा पानी भर्ने काम सुरु गरेको सापकोटा बताउनुहुन्छ ।

    पछिल्लो समय गत असोजयता पूर्वी नवलपरासी पानी परेको छैन । लामो समयसम्म पानी नपर्दा सामुदायिक वन क्षेत्रभित्र भएका तालतलैया तथा कृत्रिम पोखरीहरु सुक्दै गएपछि वन्यजन्तु समस्यामा परेका छन् । जङ्गलभित्र पानी पिउन नपाएपछि वन्यजन्तु बस्तीमा पस्ने गरेपछि स्थानीयवासी त्रसित भएका छन् ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.