चितवन । भरतपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर ७ का चन्द्रिका राठौर, भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सन्तोष सुनुवार र गैंडाकोट नगरपालिका वडा नम्बर २ बिकास चोक बस्ने रविन लामा पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार मध्यान्ह १२ः०० बजे समयमा वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं.१ स्थित सडक पेटीमा शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट नाईट्राभेट ट्याबलेट दुई पत्तामा ३० पिस, डाईजेपाम १५० एम्पुल, नुफिन १५० एम्पुल, फेनारगन १५० एम्पुल गरी ४५०एम्पुल र नगद ४७४५० सहित नियन्त्रणमा लिईएको हो ।
उनीहरुमा माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ।








