चितवन । चितवन जिल्लाबाट मासिक एक हजार एक सय ६१ जनाले श्रम बजारमा रोजगारीका लागि श्रम स्वीकृत लिने गरेका छन । जिल्लामा श्रमको अभाव भएपछि दैनिक एक हजार एक सय ६१ जना वैदेशिक रोजगारीमा गएर श्रम बेच्न बाध्य भएका हुन । गत आर्थिक बर्ष ०७८/०७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा जान १३ हजार ९ सय २७ जनाले श्रम स्वीकृत लिएका छन ।
त्यस्तै सोही आर्थिक बर्षमा बागमती प्रदेशबाट ९१ हजार ५ सय १० जनाले श्रम बजारमा रोजगारीका लागि श्रम स्वीकृत लिएका छन महानगरको सामी कार्यक्रमका शुसासन सयोजक भक्त राइले भन्नू भयो । बुधबार भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक सकलन, अभिलेखिकरण र पार्श्वचित्र निर्माण गर्न जनप्रतिनिधिहरुसग गरेको अन्तरक्रिया कार्यक्रममा सयोजक राइले वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका विवरणहरु प्रस्तुत गर्नु भएको थियोे ।
बुधबार महानगरपालिकाले भरतपुरमा २९ वटै वडाका अध्यक्ष तथा सचिबहरु सग वैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या, चुनौती र वैदेशिक रोजगारमा गएकाहरुको अवस्थाको बारेमा बिस्तृत रुपमा अन्तरक्रिया गरेको छ । सयोजक राइले वैदेशिक रोजगारको सवाल,स्थानीय सरकारको पहलहरु र पार्श्वचित्र निर्माणका सम्बमा अनुभव तथा सिकाइका बारेमा समेत कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । उहाँका अनुसार नेपालमा प्रति बर्ष करिब १४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा श्रम गर्न जाने गरेका छन भने श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेको सख्या ६४ लाख रहेको छ । त्यस्तै गत आर्थिक बर्षमा मात्रै बागमती प्रदेशबाट ९१ हजार ९ सय ४८ जनाले श्रम स्वीकृत लिएका छन ।
आर्थिक बर्ष ०७८/०७९ मा १० खर्ब ७ अर्ब बिप्रेषण भित्रीएको ( कुल ग्राहस्थ उत्पादन जि डि पि ) सग तुलना गर्दा करिब २९ प्रतिशत हिस्सा हुन आउँछ । भरतपुर महानगरपालिकाले यही बैशाख १६ गते बाट २९ बटै वडाहरुमा गणकहरु खटाएर वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण सकलन गर्दै छ । त्यसैको पुर्ब सन्ध्यामा भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक सकलन, अभिलेखिकरण र पार्श्वचित्र निर्माण गर्न जनप्रतिनिधिहरुसग मगलबार अन्तरक्रिया गरेको हो ।
महानगरपालिकाले भोलि र पर्सि २९ वटै वडाबाट छनौट भएर आएका गणकहरुलाइ प्रशिक्षण समेत दिने भएको छ । प्रशिक्षण पश्चात् वडा वडामा गएका गणकहरुले अनलाइन मार्फत विवरणहरु अध्याबधिक गर्ने छन स्वास्थ तथा सामाजिक बिकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेलले भन्नू भयो, हामीसग कसैले वैदेशिक रोजगारीमा गएको यकिन तथ्यांक माग्यो भने हामी नबोलिकन बस्नु पर्ने बाध्यता बिद्यमान छ ।
वडामा जाने गणकहरुले वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको घर घरमा गएर उनिहरुको पारिबारिक विवरणका साथै लिग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधी, अरुको लहैलहैमा लागेर गएको या बुझेर गए नगएको,सीप सिकेको नसिकेको,मान्यता प्राप्त म्यानपावर बाट गए नगएको,वैदेशिक रोजगारी बाट फर्कनुको कारण, फर्केर आएपछि ब्यापार ब्यबसाय गरे नगरेको जस्ता थुप्रै विवरणहरु अध्याबधिक गर्ने छन ।
अन्तरक्रिया कार्यक्रमलाई समापन गर्नु हुँदै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरको यो कार्यक्रम इतिहासकै सम्झनलायक कार्यक्रम भएको तर्क राख्नु भयो । यो हाम्रो मात्र नभई भरतपुर महानगर कै गौरबको कार्यक्रम हो उप प्रमुखले भन्नू भयो, यो अभियानबाट वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका जटिलताको अन्त्य हुने छ ।








