भरतपुर । नेपालकै उत्कृष्ट्र अन्नपूर्ण दूग्धउत्पादक सहकारी संस्थाले आगामि ५ वर्षकालागिकार्य योजनातयार गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ६, केशरवाघमा रहेको अन्नपूर्ण दूग्धउत्पादक सहकारी संस्थाकोे विस्तारित मंचकाप्रतिनिधिहरुले ३ दिने कार्यशालामार्फत ‘अन्नपुर्ण भिजन २०८५’ तयार पारेकाहुन् । विभिन्न ११ वटा शेसनको छलफलबाट संस्थाले ७बुदे घोषणा पत्रपनितयार गरेको छ।
संस्थासंग सम्बिन्धितविभिन्नविषयका १० वटाकार्यपत्रहरु प्रस्तुतभएकाथिए । भने २० जनाले टिप्पणी गरेकाथिए। बैशाख १६ देखि १८ गते सम्म संचालितकार्यशालालाई संस्था संचालननिति, कार्यबिधितथापञ्चबर्षीय रणनैतिक योजनानिर्माणमा प्राथमिकतादिईएको संस्थाकाअध्यक्षऋषिरामचापागाईंले जानकारी दिनुभयो ।
कार्यशालामा विज्ञ सल्लाहकार रमेश अधिकारी एव भरतपुर महानगरपालिका सहकारी बिज्ञ रामबाबु पौडेल , सस्थाकापुर्व अध्यक्षहरु भिमलालचापागाईं, भगिरथ तिमिल्सिनापुर्व उपाध्यक्षबोधराज पाठक, लिलाबहादुर भण्डारी , छबिलाल अधिकारीको सहभागिताथियो । साथमा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, पुर्व समिति, पूुर्व ब्याबस्थापकहरुसंगै सहभागी शेयर सदस्यहरु, किसानले पनिआफ्ना सुझावहरु दिनुभएको थियो ।
साढे आठ हजार सम्मदूध संकलन गरेर बजारिकरण गर्दै आएको सहकारीले आफ्नो लक्ष्यमा १५ हजारसम्मदूध संकलनको गर्ने र पशुफार्मको विस्तार राखेको व्यवस्थापक करुण पोखरेलले बताउनु भयो । पुर्व संघीय सभासद हरि अधिकारी कुमार, गण्डकी प्रदेशका सासंद एवम् पुर्व आर्थिक तथाआन्तरिक मामलामन्त्री हरि बहादुर चुमन, गण्डकी प्रदेशकाउच्चस्तका नेताजगन्नाथखनाल, मेख बहादुर भन्डारीले समेत कार्यक्रममाउपस्थितहुनुभएको थियो ।
अन्नपूर्णले अहिले दूधलाई विविधिकरणसंगै, पशुदानाउद्योग, पशुआहार साईलेज, पशुफार्म पनि संचालनमाल्याएको छ। यसरी योजनाबनाएर अघि बढ्दा संस्थाले आफ्नो लक्ष्यहाँसिलगर्न सक्ने र संस्थालाई थपउचाईंमा पुराउन सकिने अध्यक्षचापागाईंको विश्वास छ ।








