चितवन । चितवन–चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दैै चितवन काँग्रेसले जिल्ला प्रहरी कार्यालउ घेराउ गरेको छ ।
विहान ११ : ३० वजेदेखि जिल्ला प्रहरी कार्यालय चितवन बाहिर काँग्रेस सहित आम सर्वसाधरणहरु उपस्थित भएर दवाव दिइरहेका छन् ।
कंडेललाई आत्महत्या गर्न बाध्य बनाउने व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावललाई तत्काल पक्राउ गर्न उनिहरुको माग छ ।








