• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलेश्वर ।  मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न आरोहीहरु बर्सेनि आउने गरेका छन् । सन् १९६० मई १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि हिमालको चुचुरोमा पुगेका थिए ।

    पर्यटन विभागका अनुसार सन् १९६० देखि सन् २०२० सम्म विदेशी र स्वदेशी गरी पाँच सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका छन् । धौलागिरि हिमाल आरोहणका लागि जारी वसन्त ऋतुमा २५ पुरुष र १२ महिला गरी ३७ आरोहीले अनुमति लिएका छन् । पछिल्लो समय पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोहीहरु काठमाडौँबाट विभिन्न सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन् ।

    साथै आधार शिविरसम्मका लागि पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ । अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । विसं २०६८ यता आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् ।

    धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता १३औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन् । सन् १९५० मा मोरिस हर्जोगको धौलागिरि चढ्ने प्रयास असफल भएपछि उनी अन्नपूर्णतिर लागेका थिए । त्यसको १० वर्षपछि सन् १९६० मा आएर मात्र स्वीस तथा अष्ट्रियन टिमका कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले धौलागिरिको सफल आरोहण गरे ।

    त्यसपछि २००९ सम्मको ४९ वर्षमा चार सय १३ जना आरोही मात्र धौलागिरिको शिखरमा पुग्न सफल भएका थिए । त्यस यताको १४ वर्षमा एक सय ३७ जनाले गरी सन् २०२० सम्ममा पाँच सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका छन् । नेपालको पर्यटन तथा वनस्पति विज्ञ डा तीर्थबहादुर श्रेष्ठका अनुसार धौलागिरिलाई नेपालकै भूमिबाट परिक्रमा गर्न सकिन्छ । हिमालयको भूपरिधि पश्चिममा सिन्धुनदीको घाँटीदेखि पूर्वमा ब्रह्मपुत्रको घाँटीसम्म फैलिएको छ । जसको लम्बाइ अन्दाजी २५०० किमि हुन्छ ।

    कालीगण्डकी पूर्वका हिमाललाई पूर्वी हिमाल र पश्चिमकालाई पश्चिम हिमाल भन्ने चलन छ । धौलागिरि हिमशिखर ८३ डिग्री पूर्वी देशान्तरमा पर्दछ । यही रेखाको सहायताले वनस्पतिविद् पूर्वीय र पश्चिमी वानस्पतिक प्रान्त छुट्याउँछन् । धौलागिरिले उत्तरतिरको डोल्पा, मुस्ताङ मरुभूमि क्षेत्र र दक्षिणकाखको अतिवृष्टि हुने म्याग्दी(पर्वत र कास्की क्षेत्रलाई पनि जोड्दछ । यस अर्थमा धौलागिरि र यसको फेदमा बग्ने कालीगण्डकी क्षेत्रले जैविक विविधता र वातावरणका लागि एक चौराहको काम गरेको छ ।

    धौलागिरि क्षेत्रमा देवदार, लेकपाङ्ग्रो, साइप्रस धूपी, गोब्रे सल्ला (पिन्ड्रो), झुलेसल्ला, वन दारिम, जैतुन तथा चन्द्रा (पियोनिया) आदि वनस्पति छन् । चराचुरुङ्गी र अरू जीवप्राणीका लागि पनि धौलागिरि-अन्नपूर्ण र कालीगण्डकी यस्तै सङ्गम क्षेत्रको रूपमा प्रस्ट देख्न सकिने वनस्पतिविद् डा श्रेष्ठको भनाइ छ । धौलागिरि, अन्नपूर्ण र कालीगण्डकीका अरू थुप्रै विशेष मौलिकता पनि छन् ।

    एकातिर धौलागिरि र अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्ला छन् भने कालीगण्डकी लगभग तीन हजार मिटरको उचाइमा बग्दछ । यस हिसाबले पाँच हजार मिटर गहिरो उपत्यकाको चौडाइ भने ३५ किमि मात्र फराकिलो छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.