• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनका हाँसका परिकार काठमाडौँका भोजमा

  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पु¥याउँदै आउनुभएको छ ।

    सौराहामा कमाण्डरका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाउनुहुन्छ । उहाँको रेष्टुरेन्टमा पुगेर खानेहरु त हुन्छन् नै देशका विभिन्न भागबाट माग गर्नेको पनि कमी हुँदैन । उहाँले पूर्वको इटहरीदेखि काठमाडौँसम्म हाँसका परिकार तयार पारेर पठाउँदै आउनुभएको छ ।

    पछिल्लो समय बनेका परिकार जहाजबाट उहाँले पठाउने गर्नुहुन्छ । पैसा अनलाइन सेवामार्फत् उहाँको खातामा आउँछ । साँझपख उहाँका पाँच वटै कटेज भरिएर आँगनमा पाहुना हाँसका परिकारमा रमाउने गर्दछन् । कोभिडपछि व्यापार घटेको दुखेसो उहाँको छ । अनठाउन्न वर्षीय कमाण्डरलाई अबका दिन विगत जस्तो काम गर्ने जाँगर भने छैन ।

    विगत सम्झँदै उहाँले भन्नुभयो, “एकै दिन १२ वटासम्म हाँसका परिकार बनाएर काठमाडाँैं पठाएँ, रेष्टुराँमा २४ वटासम्म हाँस बनाएर पाहुनालाई खुवाएको छु ।” जिउँदो हाँसलाई काटेर सालको दाउराको आगोमा पोलेर हड्डी छुट्याएर आफैले सिलौटीमा पिनेको मसलामा पकाएको हाँसको स्वाद धेरैले मन पराएको उहाँ बताउनुहुन्छ ।

    छुट्याएको हड्डीलाई मिठो हुने गरी उहाँले सुप बनाउनुहुन्छ । बाहिर पठाउँदा मसला मोलेको तयारी मासु र हड्डी छुट्टाछट्टै उहाँले पठाउने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “सालबाहेकका दाउरा प्रयोग गर्दिन, बजारको मसला राख्दिन ।” अदुवा र लसुनको लेदोले उहाँले बनाएको हाँसको छोइलाको स्वाद धेरैलाई मनपर्ने गर्दछ । हाँससँगै उहाँले स्थानीय खोलामा पाइने माछा र स्थानीय जातका कुखुराका परिकार पनि खुवाउनुहुन्छ ।

    उहाँसँगै श्रीमती, तीन छोरा, दुई बुहारी सँगसँगै काम गर्छन् । भर्खरै मात्र छोरीको विवाह भएकाले काम गर्न छाडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सबै परिवार मिलेर काम गर्छाै ।” कमाण्डरको आफ्नै जीवनकथा छ । नेपाली सेनामा १६ वर्ष सेवापछि विसं २०५४ मा निवृत्त भएसँगै उहाँको पेसा रेष्टुराँ बन्यो । भरतपुरको गीतानगरमा जन्मिनुभएका उहाँले निवृत्त जीवनसँगै सौराहामा रेष्टुराँ सुरु गर्नुभयो । चरम द्वन्द्वको समयमा हतियार खेलाउन जानेका कमाण्डरलाई माओवादीले सँगै लैजाने डरले भागेर उहाँले बुटवल र वीरगन्जमा लुकेर गार्डमा काम गर्नुभयो ।

    द्वन्द्व मत्थर भएपछि पुनः सौराहा फर्किएर उहाँले थप सङ्घर्ष गर्नुभयो । जेनतेन श्रीमतीले धानेको रेष्टुरेन्टलाई राम्रो बनाएर सौराहाको हात्तीचोक वरिपरि चार ठाउँमा सर्र्दै रेष्टुरेन्ट चलाउनुभयो । त्यहाँ बचाएको रकमले उहाँले हात्तीचोक भित्रपट्टी ३८ धुर जमिन पनि किन्नुभयो । त्यही जमिनमा अहिले उहाँको घरसहितको कटेज छ । यही कटेजबाट विसं २०७३ देखि उहाँको रेष्टुरेन्ट सञ्चालन हुँदै आएको छ । त्यहाँ कहिले रु ४५ हजारसम्मको व्यापार हुन्छ भने कहिले केही पनि हुँदैन ।

    थारु जातिको परम्परागत स्वादका पारखीका लागि कमाण्डरको रेष्टुराँ रोजाइ बन्ने गरेको छ । चितवन र बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकसमेत यहाँ हाँसको परिकारमा रमाउन पुग्ने गर्दछन् ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.