• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चुनावमा प्रतिबद्धता गरेका धेरै विषय कार्यान्वयनको चरणमा छ : नगरप्रमुख सापकोटा

  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको एक वर्ष पूरा भएको अवसरमा शनिबार पत्रकार सम्मेलन गरी कार्यप्रगति प्रस्तुत गरेको छ । रत्ननगर नगरपालिकाले चालु आव २०७९/०८० मा एक अर्ब ८६ करोड ३३ लाख ७० हजार ७१० बजेट विनियोजन गरेकोमा वैशाख मसान्तसम्ममा ७० करोड ८८ लाख ५७ हजार ७३० रुपैयाँ अर्थात् ४२.१ प्रतिशत खर्च भएको नगरप्रमुख प्रल्हाद सापकोटाले जानकारी दिए । उनले आफू जनप्रतिनिधिमा पदबहाली भइसकेपछि चुनावमा प्रतिबद्धता गरेका धेरै विषय कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

    नगरप्रमुख सापकोटाले आफ्नो कार्यकालमा सम्पन्न भएका २६ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । जसअन्तर्गत रत्ननगरका तीन हजार विपन्न परिवारलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुका साथै स्वास्थ्य बिमाबाट वञ्चित विपन्नलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा विपन्न नागरिक उपचार कोष व्यवस्थापन गरिएको र सोही अस्पताल परिसरमा मातृशिशु भवन निर्माणाधीन रहेको उनले जानकारी दिए । रत्ननगरलाई उज्यालो रत्ननगर बनाउने लक्ष्यअनुरुप निपनी, बकुलहर, सौराहाचोक र टाँडीचोकमा मास लाइटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

    फोहोर व्यवस्थापनमा नेपालकै उत्कृष्ट नगर हुन सफल भई ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’बाट पाँच हजार डलर पुरस्कार पाउन सफल भएको खुसी पनि उनले सो अवसरमा साँटे । बजार क्षेत्रमा पार्किङ व्यवस्थापन, विद्युत्को पोलहरुबाट अनावश्यक तार हटाउने र मापदण्डविपरीत सडक मिचेर बनाइएका अनाधिकृत संरचनाहरु हटाई व्यवस्थित र सुन्दर नगर निर्माणको प्रक्रिया थालनी गरिएको नगरप्रमुख सापकोटाले बताए । नगरपालिकामा भू–उपयोग तथा घरजग्गा वर्गीकरण अन्तिम चरणमा पुगेको, वाङ्मय परिषद् स्थापना गरी सञ्चालनमा ल्याइएको, नगर मेलमिलाप केन्द्र पुनर्गठन गरिएको र धेरै समयदेखि तामेलीमा रहेका मुद्दाहरुको समस्या समाधान गरी सुशासन कायम गरिएको उनले बताए ।

    विकास निर्माणका योजनाअन्तर्गत सौराहाको राप्तीकिनारमा ७ करोड ५० लाख रुपैयाँको लागतमा ड्याक निर्माण कार्य सम्पन्न भएको, नगरपालिकाको मागबमोजिम संघीय सहरी विकास मन्त्रालयमार्फत १४ करोड २४ लाखको लगानीमा सौराहा राप्ती ड्याकदेखि हर्नरीपुलसम्म साइकल लेन र फुटपाथसहितको १५ मिटर चौडाइको सडक निर्माण भइरहेको, २ करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भई हस्पिटलरोडमा फुटपाथसहितको सडक नाला निर्माण सुरू गरिएको र २९ करोड रुपैयाँको लगानीमा कयरखोला तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

    यस्तै, झुवानी बस्तीको सुरक्षाका लागि ढुङ्ग्रेखोलामा ८०० मिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको, चित्रसारीपुलदेखि सौराहाड्याकसम्म फुटपाथ तथा साइकल लेनसहितको सडक निर्माण गरिएको उनले जानकारी दिए । उनले खगेरीखोलामा मिनीक्रुजसहितको हरियालीपार्क निर्माण गरिने, पञ्चकन्या सामुदायिक वनअन्तर्गत रहेको १७ हेक्टर जमिनमा तारजालीसहित बर्दिया राष्ट्रिय निकुञ्जबाट १९ वटा कृष्णसार ल्याइने, खगेरीपुलको आडमा फुटबल तथा क्रिकेटको ग्राउन्ड निर्माण गरिने र रत्ननगर–१२ स्थित वागदेवी इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रियामा रहेको जानकारी दिए ।

    यसैगरी, शैक्षिक गुणस्तर कायम राख्न कक्षा ८ को परीक्षा सञ्चालन गरी नतिजा कोडिङ र डिकोडिङमार्फत प्रकाशन गरिएको, प्राविधिक शिक्षामा १० जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति, विपन्न परिवारका १९ जनालाई उच्चशिक्षामा छात्रवृत्ति र निजी विद्यालयमा दलित, अल्पसंख्यक र जेहेन्दार विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न लागिएको नगरप्रमुख सापकोटाले पत्रकार सम्मेलनमा बताए । कार्यक्रममा रत्ननगरका विभिन्न शाखामार्फत भएका कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरप्रवक्ता कुलप्रसाद सापकोटालगायत राजनीतिक दलका नेता, वडाध्यक्ष, कर्मचारी एवं कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.