• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

जापानमा हराइरहेकी चितवनकी आरतीको शव समुन्द्री किरानमा भेटियो

  •   मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन,९ जेठ जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ । मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो । ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परीक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको आरतीको भिनाजु हरिप्रसाद न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

    उनले भने, ‘ के कारणले घटना घट्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीको अन्तिम रिपोर्ट आएको छैन । सबै अनुसन्धान नसकिएसम्म प्रहरीले केही भन्दो रहेनछ ।’ एनआरएन जापानकी प्रतिनिधि संगिता अधिकारीलाई भेट्न आरतीकी आमा राधिका खनाल अहिले काठमाडौमा छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनको शवलाई चितवन ल्याउन सबैको सहयोग आवश्यक पर्ने परिवारले जनाएको छ । भिनाजु न्यौपानले भने, ‘ अहिले परिवार सबै विक्षिप्त रहेकोले शवलाई के गर्ने कसरी नेपाल ल्याउने भन्ने केही निर्णय गर्न नै सकेको छैन ।

    सबैको सहयोग र पहलको आवश्यकता पर्छ ।’ आरती हराउनुभन्दा एक दिन अघिमात्र परिवारसँग सम्पर्क भएको थियो । आरतीको आमाले कुराकानी गर्दे सुरुमा उनले राम्रोसँग काम गरिराखेको भए पनि पछिल्लो समयमा पढ्न भने कठिन रहेको बताउने गरेको जानकारी दिइन् । उनले भनिन्, ‘वैशाख १५ गते क्याम्पसको शुल्क तिर्नुपर्छ भनेकी थिइन् । काम गर्न नसके पैसा पठाइदिन्छु भनेको थिएँ । गएको ऋण तिर्नुपर्छ भन्ने कुनै टेन्सन दिएका थिएनौं ।’

    अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुन्द्री किनारामा उनकै हुलियासँग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै डीएनए परीक्षणका लागि अस्पतालमा लगेको थियो । सोही शव नै बेपत्ता खनालको रहेको पुष्टि भएको एनआरएनए जापानलाई जानकारी गराएको थियो । प्राप्त शवको के कारणले मृत्यु भएको हो भन्ने कारण खुलाइएको छैन । शवको प्रकृति अनुसार पानीमा डुबेर मृत्यु भएजस्तो देखिएको बताइएको छ ।

    शवको नजिकै खनालले प्रयोग गर्ने गरेको साइकलको चाबी र साथबाट करिब ९ हजार येन फेला परेको बताइएको छ । खनालको परिवारले आफ्नो छोरीको मृत्युको कारण हत्या भएको हुनसक्ने दाबी गर्दै कानुनी प्रक्रियाका लागि आवश्यक पहल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् ।

    जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १–३–२ मा बस्ने आरती विद्यार्थी भिषामा एक वर्षअघि जापान आएकी थिइन् । बेपत्ता खनालको परिवारले आवश्यक खोजी कार्यको लागि एनआरएनए जापान र जापानका लागि नेपाली दूतावासलाई जिम्मेवारी दिएको थियो । एनआरएनए जापानले जापान प्रहरीसँगको समन्वयमा खोजतलास कार्यलाई तीव्रता दिएको थियो । परिवार नेपाली दूतावासलगायत सरोकारवाला निकायसँगको आवश्यक समन्वयमा छलफल गरी निजको अन्त्येष्टि गरिने एनआरएनए जापानले जनाएको छ ।

    उनी एक वर्ष पहिले चितवनका अकारुई एजुकेशन कन्सल्टेन्सीबाट जापान गएकी थिइन् । कन्सल्टेन्सीका सञ्चालक प्रज्वल पौडेलले कन्सल्टेन्सीको पेजमा आरतीको फोटो सेयर गर्दै सो कुरा जानकारी गराएका थिए । उनले जापानमा भएकाहरुले आरतीको खोजी गरिदिन आग्रह गरेका थिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.