• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार घरधनीलाई कारवाही गरिने

  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । घरमा भाडामा बस्ने अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाईरस (कोभिड १९)को संक्रमणको त्रास संगै जिल्लामा भाडामा बस्ने उनीहरु माथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको आज यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीहरु बस्ने घरधनीहरुबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराईएको थियो । बैठकमा सहभागी कार्यदलका प्रबक्ता डा. भोजराज अधिकारीका अनुसार त्यस्तो पाईएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उहाँले भन्नुभयो “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्य कर्मीले कार्यदलका सदस्यहरुलाई गुनासो गरेको बैठमा जानकारी गराईएको थियो । बैठकले भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरंग सेबा र आईसोलेसनको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० शैयाको सघन उपचार कक्ष, १० शैयाको एचडियु र ५० साधारण शैया रहेको छ । कार्यदलका प्रबक्ता अधिकारीका अनुसार आबश्यकता अनुसार शैया थप समेत गर्ने बैठकमा छलफल भएको थियो । कोरोना भाईरस (कोभिड १९)को आशंका भई गम्भिर भएका बिरामीलाई जिल्लामा संञ्चालन भईरहेका मध्ये एक अस्पतालको सघन उपचार कक्षमा उपचार गर्ने बिषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने र त्यस अस्पताल भरिए पछि चितवन मेडीकल कलेज, कलेज अफ मेडीकल साईन्सेस, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र नीजि अस्पतालका सघन उपचार कक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाब दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० शैयाको सघन उपचार कक्षलाई बिस्तार गर्नुपर्ने र त्यस्ता बिरामीहरुको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाब आएको अधिकारीले जानकारी दिनुभयो । बैठकले कोरोनाको आशंका भई गम्भिर रहेका बिरामीलाई भरतपुर सहितका अस्पतालहरुमा उपचार गर्न व्यवस्थापन गर्नका लागि बिशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीहरुलाई जिम्मेवारी समेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्ष रुपमा सम्लङ्न भई क्वारेन्टाईनमा बस्नु पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलहरुमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना संक्रमणको आशंकामा घरबाटनै स्वाब लिनुपर्ने बिरामीका लागि आबश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षा कर्मीको सहयोगमा घरमानै पुगेर स्वाब लिईने छ ।कार्यदलले बिभिन्न स्थानबाट माग र खरिद गरेका उच्च स्तरका र सर्जिकल मास्कहरु भरतपुर अस्पताल, नीजि मेडीकल कलेज, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, नीजि अस्पताल, एम्बुलेन्स चालक र सुरक्षा कर्मीलाई आजै बितरण गरेको जनाएको छ । भित्र बिरामी संग हेलमेल हुनेका लागि एन ९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क बितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । बैठकले बिभिन्न उपसमिति बनाउन डा. अधिकारीलाई जिम्मा दिएको र बाहीरबाट आएका र उच्च जोखिम भएकाहरुलाई क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी लगाएत सदस्यहरुको उपस्थिति रहेको थियो । यसै बिच नेपाल रेडक्रश सोसाईटी चितवन र मातहतका एम्बुलेन्सका चालकहरु बिच आज यहाँ भएको बैठकले अहिलेको बिशेष परिस्थितिमा एम्बुलेन्सहरुले उच्च सतर्कताका साथ सेवा दिने निर्णय भएको छ । भरतपुर कोरोना बिशेष अस्पतालको परिषरमा दुईवटा एम्बुलेन्स राख्ने र अन्य बिभिन्न स्थलहरुमा एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने, एम्बुलेन्समा कोरोना संक्रमण नफैलियोस भन्नका लागि स्प्रे गर्ने जिम्मा एम्बुलेन्स चालक संघका राष्ट्रिय अध्यक्ष नवराज लामिछानेलाई दिने निर्णय गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.