चितवन । शान्ति टोल विकास संस्थाको अध्यक्षमा पुनः लक्ष्मण पौडेल चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः पौडेलकै अध्यक्षतामा नयाँ नेतृत्व चुनिएको हो ।
भरतपुर–२, क्षेत्रपुरको टोल विकास संस्थाको नयाँ नेतृत्वको लागि उपाध्यक्षमा लेखा न्यौपाने, सचिवमा कृष्णप्रसाद सिग्देल र कोषाध्यक्षमा शकुन्तला घिमिरे चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा जयराम श्रेष्ठ, मानबहादुर श्रेष्ठ, लक्ष्मी लामिछाने, पूर्णमाया गुरूङ, निर्मला श्रेष्ठ, कमला सापकोटा, विनु भण्डारी, नवराज सुवेदी, केशवराज पौडेल, वविता अधिकारी र लक्ष्मण भुसाल चयन भएका छन् ।
शनिबारकै अधिवेशनबाट लेखा समिति संयोजकमा ज्ञानेन्द्र बज्राचार्य र सहसंयोजकमा ओमप्रकाश भट्टराईलाई चयन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं.२ का अध्यक्ष मनोज रानाभाट, वडा नं.१ का अध्यक्ष केशव महर्जनलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।









