चितवन । मुटुलगायतको रोगबाट ग्रसित भई अस्पतालमा उपचाररत चितवनको भरतपुर–११ की ७२ वर्षीया लाल माया नेपालीले सहयोगको याचना गरेकी छन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि आह्वान गरिएको उनका बुहारी सीता नेपालीले बताइन् । पीडित नेपालीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
‘अहिले वडा कार्यालयदेखि सबैतिर सहयोगको लागि धाइरहेकी छुँ, थोरै थोरै भएपनि सबैबाट सहयोगको अपेक्षा गर्दछु’ सीताले भनिन् । छोरा चिज कुमार नेपाली सम्पर्क नःं ९८६७५४०६०२,९८२२२११५९७ सम्पर्क गरि आमाको उपचारको लागि सहयोगको अपिल गरेको छ ।








