• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ
    काठमाडौँ ।  ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।
    प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’– आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमण थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जिते । योसँगै विजेता एक–एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारे । सन् २०२० र २०२३ मा प्राप्त २ सय ५८ भिडियो मध्येबाट विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।
    राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसी कुमार गुरुङले  ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘दुर्भाग्यवश कोरोना महामारीका कारण हामीले वितेका तीन वर्ष हामीले प्रतियोगिता आयोजना गर्न सकेनौँ । आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे । फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले अर्को वर्षदेखि विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ थपिने बताए । यस विधामा विदेशमा हुने नेपाल प्रर्वद्धनात्मक गतिविधिका वृत्तचित्र प्रतियोगितामा समेटिने छन् ।  ‘हामीलाई भिडियो पठाएर आफ्नो गाउँठाउँ चिनाउँन गर्नुभएको प्रयास निकै सह्रानीय छ । ‘प्रतियोगीहरुमा मेरो देश र मेरो गाउँठाउँ मैले नै चिनाउनु पर्छ भन्ने जुन हुटहुटी देखियो त्यसले हामीमा यस प्रतियोगितालाई निरन्तरता दिनुपर्छ भन्ने जोस जाँगर अझ बढेको छ ।’ उनले सुनाए ‘यस वर्षदेखि विजेता दस भिडियोलाई विभिन्न देशहरूमा प्रदर्शन गरिने पनि उनले सुनाए ।’
    ‘आयोजक पक्षले यो कार्यक्रम सँगै अगाडि बढाउँ भन्ने प्रस्ताव लिएर आउँदा धेरै हुने कार्यक्रमको भिडमा अर्को एउटा थपिने मात्रै हो कि भन्ने लागेको थियो, त्यसलै हामीले अलिकति समय लियौं  नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले भने, ‘बुझ्दै जाँदा यो कार्यक्रमबाट हामीले देशको विकासमा राष्ट्रिय योगदान गर्न सकिन्छ भन्नेमा विश्वस्त बन्यो ।’ विभिन्न अध्ययनले नेपालको विकास ऊर्जा र पर्यटनबाट मात्र सम्भव देखाएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा अगाडि बढ्न यस भिडियो च्यालेन्जले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।
    वि विल राइज फाउन्डेसनले उदार भावना र महान उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथि समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गरे । ‘आगामी दिनमा वि विल राइजजस्ता संस्थाहरूको विकास र सुदृढीकरणले नेपालको पहिचान र प्रगतिलाई अझ उन्नत उचाइमा पुर्याउन सफल बनोस् ।’ उनले भने, ‘हामी अहिले त्यस्ता संस्थाहरूको खोजीमा पनि छौँ, जसले विभिन्न ठाउँबाट र विभिन्न कोणबाट नेपालको पहिचान र प्रगतिका निम्ति योगदान गरीरहेका छन् तर बाहिर त्यति धेरै चर्चामा आएका छैनन्, त्यस्तै एउटा संस्था यस फाउन्डेसन पनि हो भन्ने लाग्यो । अहिले हामी नीति तथा कार्यक्रमको बजेट बनाउने सन्दर्भमा यस्तै थुप्रै संस्थासँग प्रधानमन्त्री र हामीले छलफल पनि गरेका छौँ ।’
    यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गरेको अभिनेता तथा चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले बताए । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.