• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

  •   शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं१० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस विद्यालयका विद्यार्थीलाई असारसम्म फापर र कोदोको रोटी खुवाइनेछ ।

    यस वर्ष परीक्षणस्वरुप एउटा विद्यालयबाट कार्यक्रम सुरुवात गरेका छौँ, नगरप्रमुख रेग्मीले भन्नुभयो, “यसको प्रभावकारिताका आधारमा आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्छौं । पालिकाले कृषि शाखाको रैथाने बाली प्रवर्द्धन कार्यक्रममार्फत यस वर्ष रु एक लाख बजेट विनियोजन गरिएको छ भने यस विद्यालयमा सरकारले दिने नियमित खाजा पनि छ”, आगामी वर्षदेखि विद्यार्थीलाई फापर र कोदोसँगै गिठ्ठा भ्याकुर, तरुल र पिडालु पनि खुवाउने उहाँले बताउनुभयो ।

    विद्यालयका प्राचार्य जीतबहादुर भट्टराईले रैथाने बालीको प्राङ्गारिक हुने भएकाले यसैलाई जोड दिइएको बताउनुभयो । रैथाने वालीहरु लोप हुँदै गइरहेको अवस्थामा विद्यालयस्तरमा यस्ता खाजा खुवाउँदा पछिल्लो पुस्तालाई रैथाने बालीका बारेमा राम्रोसँग जानकारी हुने उहाँको भनाइ थियो । विद्यालयमा अधिकांश चेपाङ र जनजाति समुदायका बालबालिका अध्ययनरत छन् ।

    कक्षा पाँचसम्ममा एक सय ६४ विद्यार्थीलाई खाजा नियमित खुवाइएको र खाजाकै कारण विद्यार्थीको सङ्ख्यासमेत बढेको छ । कतिपय बालबालिका भोकभोकै विद्यालय आउने गरेका छन्, प्राचार्य भट्टराईले भन्नुभयो, “खाजा खान पाइन्छ भन्ने आसले पनि बालबालिका विद्यालय आउँछन् तर खाजा खुवाउन सरकारले दिने रकम थोरै भएकाले यसलाई बढाउनसके अझै राम्रो खानेकुरा खुवाउन सकिन्थ्यो ।”

    नियमित खाजाका लागि सरकारले दैनिक रु पन्ध्र दिने गरेको छ । त्यसबाट स्कुलले बालबालिकालाई जाउलो चिउरा तरकारी खुवाउने गरेको छ ।

    कालिका नगरपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष विनियोजित रु १० लाख बजेटबाट केही रकम विद्यालय खाजामा प्रयोग गरिएको बताउनुभयो । रैथाने बालीमा पौष्टिकतत्व बढी हुने हुँदा बालबालिकालाई यो खाजा खुवाउनु लाभदायिक हुने उहाँको भनाइ थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.