चितवन । सुगम जिल्लाको दुर्गम ठाउँ ,जहाँ चेपाङ जातिको बसोबास छ,सदरमुकाम देखि दुरदराज रहेको यो गाउँ हो काण्डा। यो ठाउको स्थानिय बासिन्दा हरु शिक्षा ,स्वास्थ ,सन्चार ,मोटर बाटो अनि बिजुली जस्ता बिकासको पहुच बाट टाढा रहेको छ।यहाका स्थानियको मुख्य आए स्रोत भनेको नै खेती किषान हो तर पनि बर्ष भरी को मिहेनत बाट उत्पादन गरेको अन्नले जसो-तसो ६ महिना खान पुग्छ भने छ महिना जेला मजदुरी गरेर खान बाध्य छन यहाका स्थानिय।स्थानीय सरकार मौन छन यी गाउका समस्या जस्ता को तस्तै रहेको छ।
यदि यो ठाउमा मोटर बाटो को सुबिधा भएको भए यहाका स्थानियले नगदे बाली बाट आर्थिक आए आर्जन गर्न सक्ने बताउछन स्थानिय ब्याक्ती।यहाँ बाट चितवन को बजार जान लागि ४-५ घण्ट को पैदल यात्रा पछि यातायात को पहुच सम्म पुग्न सकिन्छ भने उता धादिङ तर्फ जान को लागि ७-८ घण्टको पैदल यात्रा पछि चरौडी बजार पुग्न सकिन्छ।
यो गाउँ चितवन र धादिङ को सिमाना मा पर्दछ।यसरी कठिन जीवन यापन गर्न बिबस छन कान्दाली स्थानीय हरु।यदि यो ठाउमा होम स्टेको ब्यावस्थापन गरेर स्थानिय पर्यटक लाई प्रबर्द्धन गर्ने हो भने पनि यहाको बासिन्दाको लागि आर्थिक आयआर्जनमा टेवा पुग्ने स्थानिय बताउछन।
यो ठाउँ जाडोमा न्यानो र गर्मी मौसममा चिसो को अनुभव बटुल्ने ठाउबाट पनि प्रचलित रहेको छ।यो ठाउमा जेष्ठ को गर्मिमौसम मा पनि राती सिरक नओडी सुत्न सकिदैन ।यस्तो ठाउको बारेमा स्थानिय सरकारको ध्यानकर्सन किन हुदैन ।काण्डाली जनता ।








