• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

फेरीयो चितवनको मेघौली

  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि त बर्खानै कुर्नुपर्ने हुन्थ्यो । वर्षमा दुई खेती तोरी र तिल मात्रै लगाएर गुजारा गर्दै आएका भरतपुर महानगरपालिका–२७ बुद्धनगरका किसानहरु अहिले डिप ट्युबेलबाट सिँचाइ सुरु भएसँगै निकै उत्साहित भएका छन् ।

    आर्थिक वर्ष २०७७–०७८ बाट जिल्लामा सञ्चालन गरिएको चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले काम गर्न थालेपछि भने यहाँका किसान हर्षित बनेका हुन् । डिप ट्युबेल जडानसँगै जनतामा खुसियाली छाएको छ । भरतपुर महानगरपालिका–२७ बुद्धनगरको नमूना कृषि तथा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष टीकाराम अधिकारी आफू विसं २०२२ देखि बसोबास गर्दै आएको भए पनि सिँचाइको समस्या समाधानका लागि यसअघि खासै कसैले ध्यान नदिएको बताउनुभयो ।

    उहाँले विगत सम्झँदै भन्नुभयो, “बोरिङबाट पानी आउँदा हाम्रो आँखाबाट हर्षका आँसु झरेका थिए । अहिले हामी बाह्रै महिना सिँचाइको व्यवस्था भएसँगै विभिन्न बाली लगाउँदै आएका छौँ ।” तीन वर्ष पहिला तोरी र तिल मात्रै खेती हुने भए पनि अहिले मौसमअनुसारको खेती र नगदे बालीतर्फ यहाँका कृषक केन्द्रित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यस क्षेत्रमा सबै ठाउँमा सिँचाइको व्यवस्था छ । पहिला छाक टार्न समस्या हुने गरेको भए पनि अहिले एक सिजनमा मात्रै रु एक लाखसम्म कमाइ हुने गरेको छ ।”

    अहिले सबैको बारीमा तरकारी र मकै देख्न सकिन्छ । स्थानीय गौरीमायाँ पौडेलले पहिले एक बिघा क्षेत्रफलमा काम गर्दा छाक टार्नसमेत कठिन हुने गरेको जनाउँदै अहिले भने त्यस्तो समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था भएसँगै हामीलाई त्यस्तो समस्या छैन ।” उहाँका अनुसार यस क्षेत्रका किसान बिघाँै बिघा क्षेत्रफल भाडामा लिएर खेती गर्द थालेका छन् । स्थानीय धर्मपुर डिप ट्युबेल उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर क्षेत्री अहिलेको सिजनमा मकै र घाँस बेचेर मात्रै करिब रु एक लाख हाराहारी कमाइ भएको जानकारी दिनुभयो ।

    उहाँले पहिले खेती किसानीबाट घर चलउन नसकेपछि मेला मजदुरी गरेर घर छाक टार्ने गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था भएसँगै अब मैले पहिलाको काम छोडेर कृषि कर्ममा लागेको छु ।” यस क्षेत्रमा विदेशबाट फर्केकाले जग्गा भाडामा लिएर तरकारी र अन्य खेती गर्न थालेको उहाँले बताउनुभयो । सिँचाइको अभाव र अशिक्षाका कारणले समेत वैदेशिक यात्रामा जानुभएका नेत्रप्रसाद भूसाल अहिले बिहानदेखि बेलुकासम्म तरकारी बारीमा नै तल्लीन हुनुहुन्छ ।

    उहाँ स्वदेश फर्कनुभएको चार वर्ष भयो । यहाँ सिँचाइको व्यवस्था भएपछि उहाँ पुनः विदेश जाने मनलाई परिवर्तन गर्दै जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार यो क्षेत्र पहिला मरुभूमिजस्तै हो । अहिले सिँचाइको व्यवस्था भएसँगै हराभरा भएको छ । उहाँले भन्नुभयो, “अब विदेश जाने सोच परिवर्तन भइसक्यो । यही केही गर्ने हो ।” यस क्षेत्रमा किसान बर्सातमा पर्ने आकाशे पानीको भरमा खेती गर्नुपर्दा पर्याप्त पानीको अभावमा दुःख पाएका थिए ।

    सिँचाइका लागि पर्याप्त पानी नहुँदा गाई बाख्रा, कुखुरा पालेर जीविकोपार्जन गर्दै आएको टेलिटावर बोरिङका अध्यक्ष बलबहादुर गुरुङको भनाइ छ । आफूहरुले विसं २०५७ मा राप्ती नदीबाट पानी ल्याउनका लागि प्रयास गरेको भए पनि त्यो असफल भएपछि यस क्षेत्र आकासे पानीको भरमा मात्रै सिँचाइ गर्नुपरेको उहाँ बताउनुहुन्छ । राप्ती नदीबाट इनार खेर लिफ्टिङबाट पानी ल्याउने प्रयत्न गरे पनि पछि इनार बर्सातको समयमा पुरिएर त्यो योजना असफल भएको उहाँले बताउनुभयो ।

    त्यसपछि यहाँका जनता सधँै तोरी र तिलको भरमा बस्नुपर्ने बाध्यता रहेको भए पनि अब भने त्यो समस्या नरहेको उहाँको भनाइ छ । त्यस क्षेत्रमा मात्र आठ वटा डिप ट्युबेल जडान गरिएको छ । एउटा ट्युबेलले ३५ बिघा क्षेत्रमा सिञ्चित गर्दछ । महानगर प्रमुख रेनु दाहालले सो क्षेत्र सुक्खाग्रस्त भएपछि सिँचाइको व्यवस्था गरिएको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “पहिलो कार्यकालमा हामीले सुरु गरेका योजनाले प्रतिफल दिन थालेका छन् ।”

    चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पु¥याएको छ । चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिनुभयो । चितवनको छ वटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ ।

    यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । मकवानपुरमा १० डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ । यस आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.