चितवन । चितवनमा विद्युत सर्ट भएर आगलागी हुँदा लाँखौको क्षति भएको छ भने, चौपायासमेत मरेका छन् । चितवनको माडी नगरपालिका १ चितैईस्थीत राजकुमार बिकको फर्निचर कोठामा आज बिहान विजुलीको तार सर्ट भएर सुरु भएको आगो बाख्राको गोठमा समेत सल्ँिकदा २ वटा बाख्रासमेत मरेका छन् ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार आगोलागीबाट ३ लाख ५० हजार बराबरको क्षति भएको छ । बिहान साढे ५ बजे भएको आगोलागीबाट मानविय क्षति भने नभएको प्रहरी चौकि बरुवा माडिले जनाएको छ ।








