• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएको रुखका प्रतिपूरक वृक्षरोपण गर्न नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिँदै छ । सडक विस्तारका क्रममा काटिएका ३६ हजार रुखको सट्टामा एक रुख बराबर २५ बिरुवाको दरमा प्रतिपूरक वृक्षरोपण गर्नुपर्ने भएकाले ठाउँको खोजी भइरहेको हो । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनीयरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राकेश झाले वृक्षरोपणका लागि जग्गा खोजीभइरहेको बताउनुभयो ।

    “सम्झौताअनुसार ठूलो सङ्ख्यामा वृक्षरोपण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “जिल्लाको दक्षिणी भागसहित पहाडी भागमासमेत जग्गा खोजी भइरहेको छ, तर अहिलेसम्म कहीँ पनि प्राप्त हुनसकेको छैन ।” प्रतिपूरक वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले जग्गा खोजी गरिदिनुपर्ने भए पनि अहिलेसम्म जग्गा नभेटिएका कारण वृक्षरोपणको काम सुरु हुननसेको झाले बताउनुभयो ।

    उहाँका अनुसार सडक विस्तारका क्रममा गैँडाकोटबाट दाउन्नेसम्म ६५ किलोमिटर क्षेत्रफलमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् । काटिएका रुखमध्ये सडकको उत्तरतर्फ डिभिजन वन र दक्षिखणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका रुख रहेका छन् । सुरुआतमा छ हजार ुई सय ९७ रुख कटान गर्नुपर्ने भनिए पनि पछि बढेर ३६ हजार रुख काट्नुपर्ने देखिएको झाले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनीयर धीरज ढकालले प्रतिपूरक वृक्षरोपका लागि बिरुवाको प्रजाति मिलाएर रोप्नुपर्ने बताउनुभयो ।

    सडक छेउछाउको वन क्षेत्र तथा पहाडी भेगको पाखा जग्गामा वृक्षरोपण गर्नेगरी जग्गा खोजी भइरहेको भए पनि आवश्यकताअनुसार जग्गा भेटाउन नसकिएको उहाँले बताउनुभयो । “प्रतिपूरक वृक्षरोपणका लागि धेरै जग्गा आवश्यक पर्छ” उहाँले भन्नुभयो, “त्यसका लागि निर्माण व्यवसायी, डिभिजन वन र हामीले संयुक्तरुपमा वृक्षरोपणका लागि जग्गा खोजी गरिरहेका छौँ ।” नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएका रुखको प्रतिपूरक वृक्षरोपणका लागि नौ लाख पाँच हजार आठ सय बिरुवा रोप्नुपर्ने ढकालले बताउनुभयो ।

    यस खण्डमा काटिएका रुखको प्रतिपूरक वृक्षरोपणका लागि कम्तीमा पनि चार सय ७६ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने विज्ञ बताउँछन् । करिब पाँच सय हेक्टर क्षेत्रफलको खाली जग्गा एकै ठाउँमा पाउन कठिन हुने भएकाले छुट्टाछुट्टै गरेर भए पनि वृक्षरोपण गर्नेगरी जग्गा खोजी भइरहेको सडक योजनाले जनाएको छ ।

    राष्ट्रिय वन, सामुदायिक वन, मध्यवर्ती क्षेत्रको वनमा खाली रहेको ठाउँमा भए पनि वृक्षरोपण गर्ने तयारीका साथ जग्गा खोजी भइरहेको छ । खाली जग्गा भेटिएसँगै वृक्षरोपणका लागि प्रक्रिया अघि बढाउने तयारी गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.