• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनको डाँडामा सिरक ओढेर सुत्नुपर्दा तराईमा पसिनैपसिना

  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । समाचार सङ्कलनका लागि इच्छाकामना गाउँपालिका–२ को मायाटार पुग्नुभएका पत्रकार दीपेन्द्र अधिकारी गएराति सिरक ओढेर सुत्नुभयो । जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा पहाडमा भने मौसम शीतल भएको उहाँलाई महशुस भयो । यस जिल्लाको तराई भूभागमा तापक्रम हिजोआज ४० डिग्री हाराहारी हुँदा पहाडी क्षेत्रमा ३० डिग्री हाराहारी छ । पहाडी क्षेत्रमा रातको समयमा २० डिग्री हाराहारी तापक्रम रहने गर्दछ ।

    तराईको उधुम गर्मी छल्न भन्दै यहाँका बासिन्दा अन्य जिल्लाका पहाडी क्षेत्र गइरहँदा जिल्लाकै शीतल पहाडी क्षेत्र भने ओझेलमा छ । पहाडी क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । बढ्दो गर्मीसँगै जिल्लामा आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ । जिल्लाको सदरमुकाम भरतपुरबाट छोटो समयको यात्रामै पुग्न सकिने सितल ठाउँहरु धेरै छन् । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रहरुमा घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन थालिएको बताउनुहुन्छ ।

    क्रमशः उनीहरुलाई सहयोग गरेर चेपाङ, मगर, गुरुङजस्ता जातिको होमस्टे सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको छ । निजी क्षेत्रले ती क्षेत्रहरुमा होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उहाँ बताउनुहुन्छ । गाउँपालिकाको हात्तीवाङ, चौकीडाँडा, ज्यान्दाला, मायाटार, याक्राङ, पानडाँडालगायत क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगिसकेकाले काम गर्न अब कठिन छैन ।

    जिल्लाको तराई भूभागमा चर्काे गर्मी भइरहँदा गर्मी छल्ने गन्तव्यका रूपमा डाँडाका भवनलाई प्रयोगमा ल्याउन सकिन्छ ।” भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी महानगरकै वडा नं २९ मा हिल स्टेसन बनाउने विषयमा छलफल भइरहेको बताउनुहुन्छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको महानगरले पर्यटकीय पूर्वाधारको विकासमा जोड दिएको छ । उहाँ भन्नुहुन्छ, “तराई क्षेत्रमा गर्मीका कारण आत्तिएकाहरुलाई रमाइलोपन दिन पहाडी क्षेत्र उपयुक्त हुन्छन् ।”

    सरकारी तवरबाट आवश्यक पूर्वाधारहरुमा सहयोग गरेर निजी क्षेत्रलाई हिल स्टेसनमा लगानी गर्न अनुरोध गर्नुपर्ने र जिल्लाका मात्रै नभएर बाहिरका पर्यटक तान्ने गन्तव्य बनाउन पनि पहाडलाई लनि सकिनेमा पर्यटन विज्ञ सुवेदी जोड दिनुहुन्छ । होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुके जिल्लाका पहाडी क्षेत्रका डाँडाहरु पर्यटकीय गन्तव्यका हिसाबले उपयुक्त रहेको बताउनुहुन्छ । छोटो समयमा पुग्न सकिने भएकाले ती ठाउँहरुमा पूर्वाधार बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने उहाँको बुझाइ छ ।

    गर्मी महिनामा जिल्लामा पर्यटक कम आउने भएकाले यो समयमा पर्यटकका लागि चिसो ठाउँमा पर्यटकीय पूर्वाधार हुनुपर्ने अध्यक्ष चुकेको भनाइ छ । जिल्लामा यतिबेला शिक्षण संस्थाहरु बढ्दो गर्मीका कारण बन्द भएका छन् । जिल्लावासीलाई गर्मी छल्नका लागि घुम्न सकिने नजिकका गन्तव्यस्थल कम छन् । आफ्नै जिल्लाभित्रका नजिकैका डाँडाहरु चिसो भए पनि पर्यटकीय पूर्वाधार कमीका कारण आरामले रात बिताउने ठाउँ कमै छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.