• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

एएफयुमा एकेडेमिक लिडर्स सेन्सिटाइजेशन

  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयका आंगिक कलेजमा नवनियुक्त प्रिन्सिपलहरुका लागि ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन अन बेसिक एड्मिनिष्ट्रेटिभ एण्ड फाइनान्सियल प्रोसिडुअर्स’ कार्यक्रम सञ्चालन भएको छ । तीन दिन सञ्चालन हुने कार्यक्रमको विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले शनिबार उद्घाटन गर्नुभयो । कार्यक्रममा उपकुलपति प्रा.डा. रेग्मीले विश्वविद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न कार्यक्रम लाभदायक रहने बताउनुभयो ।

    विश्वविद्यालयले सात वटा प्रदेशमा नौ आंगिक क्याम्पस सञ्चालन गरेको बताउँदै उहाँले यस्ता कार्यक्रमले व्यवस्थापकिय क्षेत्रको दायरा विस्तार गर्नमा समेत सहयोग पु¥याउने बताउनुभयो । उहाँले आंगिक कलेजले प्रदेश र स्थानिय सरकारसँगको सहकार्यलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । ‘सम्मानित सर्वोच्च अदालतले विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा विश्वविद्यालयको नाममा दिन फैसला गरिसकेको छ’ उहाँले भन्नुभयो, ‘फैसला भएको लामो समयसम्म पनि विश्वविद्यालयको नाममा आउन नसक्नु दुर्भाग्य बनेको छ ।’

    विश्वविद्यालयको आफ्नो विशेष महत्व भएपनि जनशक्ति अभाव लगायतका चुनौती भोगिरहनुपरेको उपकुलपति प्रा.डा. रेग्मीले बताउनुभयो । विश्वविद्यालयमा करिब १ हजार ८ सय जनशक्ति आवश्यक भएपनि ७ सयले मात्र विश्वविद्यालय सञ्चालन गरिराख्नु परेको गुनासो गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले युवा अवस्थामै कलेजको नेतृत्व गर्ने अवसर पाउनु आफैंमा ठूलो कुरा भएकाले यसलाई सावधानीपूर्वक उपयोग गर्न सुझाउनुभयो ।

    डा. मिश्रले विश्वविद्यालयमा विद्यार्थी सँख्या र गुणस्तर वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन नवनियुक्त प्रिन्सिपलहरुलाई आग्रह गनुभयो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले यस्ता कार्यक्रम बहुउपयोगी हुने भएकाले प्रशासनिक काम गर्ने हुटहुटीलाई नतिजामुखी बनाउन सहयोग गर्ने बताउनुभयो । तालिम तथा कार्यक्रमहरुमा गरिने लगानीले विश्वविद्यालयको हितमा नाफामुलक परिणाम आउने बताउँदै प्रशासनिक जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा विश्वविद्यालयको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ र युएसएआईडी एग्रिकल्चर हाइयर एजुकेशन परियोजनाका टिम लिडर प्रा.डा. नरकाजी गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव विस्नु प्र. सापकोटा, विश्वविद्यालयको कृषि संकायका डीन अर्जुनकुमार श्रेष्ठ, कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंङ्गाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् ।

    कार्यक्रममा आधारभुत प्रशासनिक विधीहरु, सार्वजनिक खरिद व्यवस्थापनका व्यवहारिक पक्ष, गुनासो व्यवस्थापन, विद्यमान आर्थिक तथा प्रशासनिक प्रावधान, विश्वविद्यालयको आन्तरिक नियन्त्रण प्रणाली लगायतका विविध विषयहरु समेटिएको संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमले शैक्षिक संस्थाको नेतृत्व लिनुभएका प्रिन्सिपलहरुको आर्थिक र प्रशासनिक कार्य सञ्चालन क्षमता बढाउन सहयोग पुग्ने निर्देशक डा. भट्टराईले बताउनुभयो ।

    कार्यक्रममा विश्वविद्यालयको कृषि संकाय र वन विज्ञान संकायका आंगिक कलेजका ८ जना प्रिन्सिपलहरुको सहभागिता रहेको छ । विश्वविद्यालयमा प्रिन्सिपलको कार्यकाल ४ वर्षको हुने प्रावधान रहेको छ । वि.सं. २०६७ मा स्थापना भएको विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहमा ४५०० विद्यार्थी अध्ययनरत छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.