• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

भरतपुरको केरुङ्गा खोला अतिक्रमणमा परेपछि पुनः नाप्न उपमेयर अधिकारीको निर्देशन

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन पश्चात् नाप नक्सा गर्न निर्देशन दिनु भएको छ । नगर उप प्रमुख अधिकारीले सोमबार बिहान केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन गर्नु भएको हो । केरुङ्गा खोलाको वास्तविक क्षेत्र के कति हो तत्काल नै नाप नक्सा गरेर छुट्टाउन मेरो निर्देशन छ, यसको कार्वान्यन खरायोको गतिमा हुनुपर्छ उप प्रमुख अधिकारीको ठाडो निर्देशन छ । उप प्रमुख अधिकारीले केरुङ्गा खोला महानगरको इतिहास भएको बताउनु भएको छ ।

    यो खोला महानगरको इतिहास सग सम्बन्ध जोडिएको खोला हो उप प्रमुख अधिकारीले भन्नू भयो,यो खोला महानगरको गहना पनि हो । महानगरको बीच भागबाट बगेको यस खोलाको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि महानगरपालिका सचेत छ, केरुङ्गा खोलालाई व्यवस्थित गर्न सकेको खण्डमा यसले महानगरको सुन्दरता र पहिचानलाई थप उचाईमा पुर्‍याउने बिश्वास महानगरपालिकाले लिएको उप प्रमुख अधिकारीले उल्लेख गर्नु भयो ।

    बिगतका बर्षहरुमा पनि महानगरपालिकाले केरुङ्गा खोलाको सिमाङ्कन तथा निरीक्षण गर्दै आइरहेको उल्लेख गर्दै उहाँले केरुङ्गा खोलामा भएको अतिक्रमणका सम्बन्धमा महानगर निकै गम्भीर रहेको पनि प्रष्ट पार्नु भयो । यसको ब्यबस्थापन र सरक्षण गर्नु हाम्रो लागि चुनौती पनि छ तर यो हाम्रो लागी इतिहास फर्काउने काम पनि हो । तिनवटा मुहानको श्रोतलाई ब्यबस्थित गर्नुको साथै कल्भर्ट निर्माण गर्न पनि उप प्रमुखले निर्देशन दिनु भयो । भरतपुर महानगरपालिका वडा नम्बर ११ को गणेस्थानस्थित नारायणी लिफ्टको सी ‘टु’ र सी ‘थ्री’ क्यानलमा केरुङ्गा खोलाको मुहान रहेको छ ।

    भरतपुर ११ को गणस्थानदेखि भरतपुर २४ को जगतपुरसम्म ३२ किलोमिटरको लम्बाइमा केरुङ्गा खोला फैलिएको छ । उदगम स्थलमा तिनवटा मुहान भएको केरुङ्गा खोला दुई वटा बन्दै जगतपुर पुग्दा एउटामा मात्र सिमित भएको छ । भरतपुर महानगरपालिकाका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३ र २४ भएर केरूङ्गा खोला बग्ने गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ९ र ११ ले आफ्नो वडा सिमाना सम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् ।

    खोलाको दायाँवायाँ क्षेत्र नक्सामा कति मिटर छ भन्ने बारेमा भने नाप नक्सा गरेपछि मात्रै यकिन हुने भुमी ब्यबस्थापन शाखाका इन्जिनियर शिबहरी अधिकारीले जानकारी दिनु भयो । खोलाको अधिकांश क्षेत्र स्थानीयहरुले अतिक्रमण गरेको र पटक पटक अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको इन्जिनियर अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिकाको दीर्घकालीन योजना अनुसार आगामी दिनमा जगतपुर सम्म नै यसको ब्यबस्थापन गरिने भएको छ ।

    वर्षातको समयमा भरतपुर ११ र १२ का धेरै क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन् । महानगरको गौरबको आयोजनामा रहेको केरूङ्गा खोला व्यवस्थित भएपछि डुंगा सयर, दुवैतर्फ पार्क निर्माण, दुवैतर्फ साइकल लेन, पैदल बाटो, मिनी सप, विभिन्न स्थानमा आकर्षक पुल सहितको हरियाली रहने छ । जसको डिपिआर समेत भइसकेको छ ।

    यस खोलालाई व्यवस्थित गरेपछि आन्तरिक तथा बाहिय पर्यटकहरुको चहलपहल बढने महानगरपालिकाले बिश्वास लिइएको छ । उक्त खोलामा अहिले पनि प्रदेश सरकारको सहयोगमा रिटेनीङ्ग वाल तथा सियर वाल निर्माण कार्य भइरहेको छ । अनुगमनमा सम्बन्धित वडाका अध्यक्षहरु,महाशाखाका प्रमुख तथा इन्जिनियरहरु, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियोे ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.