• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ । जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो । पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्यव्यक्तिलाई समेत उत्खनन गर्न दिइएकाले तत्काल उत्खननमा रोक लगाइएको उहाँले बताउनुभयो ।

    “हामीले चार दिन अघिदेखि अनुगमन गर्दैछौँ भनेर गैँडाकोट नगरपालिकालाई भनेका थियौँ” प्रमुख विश्वकर्माले भन्नुभयो, “हामीले बुझ्न खोजेको कुरा बुझ्न नपाएकाले फिल्डबाटै तत्काल नदीजन्य पदार्थको उत्खननमा रोकाएका छौँ ।” “नदीजन्य पदार्थ उत्खननबारे हामी धेरै कुरामा स्पष्ट हुन सकेनौँ” उहाँले भन्नुभयो, “हामी स्पष्ट नभएसम्मका उत्खनन कार्य स्थगित गर्न लगाएको छु ।” नदीजन्य पदार्थ उत्खननको काम गतल तरिकाबाट भएको पाइए रोकेर कारबाही गर्ने तथा सहीरुपमा काम भएको पाइएमा कामलाई सहजीकरण गर्न आफू तयार रहेको प्रमुख विश्वकर्माले बताउनुभयो ।

    “यसै हेरेर मात्रै भन्न सकिँदैन, गलत भएको भए कानुनी कारबाही हुन्छ” उहाँले भन्नुभयो, “नियमानुसार प्रक्रिया पु¥याएर नदीजन्य पदार्थ उत्खनन गरिएको भए पनि हामीले कामलाई प्रोत्साहन गर्नुपर्छ, काम चाँडै होस् भन्ने हामी पनि चाहान्छौँ ।” गैँडाकोट नगरपालिका–९ का वडाध्यक्ष धामनाथ सापकोटाले नारायणीबाट उत्खनन भएको नदीजन्य पदार्थ नारायणगढ बुटवल सडक विस्तारसँगै विभिन्न आयोजनामा प्रयोग भइरहेको बताउनुभयो ।

    “नदीबाट झिकिएको पदार्थ नारायणगढ बुटवल सडक विस्तार, भरतपुरको छ लेन सडक विस्तार, नारायणी तटबन्ध आयोजना तथा व्यक्तिगतरुपमासमेत प्रयोग गर्ने गरी झिकिएको छ” उहाँले भन्नुभयो, “नगरपालिकाले आवश्यक राजस्व लिएर नदीजन्य पदार्थ बिक्री गर्दै आएको छ ।” नारायणी नदीको गैँडाकोटतर्फबाट निकालेर बिक्री गरिएको नदीजन्य पदार्थबाट उठेको आधा राजस्व भरतपुर महानगरपालिकालाई बुझाउने गरी काम भइरहेको पनि वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

    “नारायणी नदीको सानो भङ्गालोमा थुनेर बाटो नै निर्माण गरी नदीबाट ढुङ्गा, गिटी तथा बालुवा झिक्ने काम भएको थियो” नदीको भङ्गालो थुनिएको ठाउँ देखाउँदै स्थानीयवासी शम्भुप्रसाद सापकोटाले भन्नुभयो, “पहिले यहाँबाट बाटो बनाएर नदीजन्य पदार्थ झिकेर ढुवानी गरेका थिए, नदीमा बाढी आएपछि ह्युमपाइप बगाउँदा उनीहरु माथितर्फ सरेका हुन् ।” विभिन्न आयोजना र व्यक्तिको गरी सात वटाभन्दा बढी एक्साभेटरले नदीबाटै नदीजन्य पदार्थ उत्खनन गरिरहेका उहाँको भनाइ थियो ।

    नदीको पानी भएको ठाउँलाई छोडेर बगरबाट मात्रै नदीजन्य पदार्थ झिक्नपाउने भए पनि नारायणी नदीमा भित्रबाटै भिकिएका छन् । दैनिक एक सय भन्दा बढी टिप्परले पानी चुहाउँदै नदीजनय पदार्थ बोकेर ओहोरदोहोर गर्दा गैँडाकोटको अधिकांश सडक भत्किएका स्थानीयवासी सापकोटाको भनाइ थियो । नारायणगढ बुटवल सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसनले नदीजन्य पदार्थ निकाल्नका लागि प्रयोग गरेको चार वटा एक्साभेटरमध्ये तीनवटाले अनुमति नै नलिएको पाइएको जिल्ला समन्वय समितिका इञ्जीनीयर टङ्कप्रसाद भुसालले बताउनुभयो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.