• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

पोल्ट्री व्यवसायी पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्ड

  •   शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाण्डौ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट चितवनका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको हो ।

    कृषि तथा पशुपक्षी विकास मन्त्री डा.बेदुराम भुषालले उहाँलाई उक्त अवार्डले सम्मान गर्र्नुभएको हो । देशभरका १२५ जना कृषक मनोनित भएकोमा पोखरेल पोल्ट्री विदामा सर्वाेत्कृष्ट हुनु भएको हो । आयोजकले सात वटा विधामा कृषक र व्यवसायीहरुलाई छनौट गरेको थियो । देशकै ठूला पोल्ट्री व्यवसायी पोखरेल यस अघि बि.सं. २०७७ सालमा राष्ट्र सेवा सम्मानबाट समेत सम्मानित भईसक्नु भएको छ ।

    पोल्ट्री व्यवसायमा उहाँले पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले उहाँलाई सम्मान गरिसकेका छन् ।

    दाउन्ने एग्रो फार्म प्रा.लि.नवलपुुरका कार्यकारी निर्देशक पोखरेलले श्रम र पसिना बगाउँदै माटोको सेवा गर्ने कर्मशील र परिश्रमि भएर नेपालमा पोल्ट्री क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई सम्मान गरिएको मूल समारोह समितिका अध्यक्ष शेखर खनालले बताउनुभयो । प्रशंसापत्रमा भनिएको छ “तपाईले आफ्नै बलबुतामा पोल्ट्री व्यवसाय स्थापना गरी आर्थिक समुन्नती एवं रोजगारी सिर्जनातर्फ अग्रसर हुनुभएकोमा हार्दिक आभार व्यक्त गरिन्छ ।”

    नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष समेत रहनु भएका पोखरेलले नेपालमा पोल्ट्री व्यवसाय धरासायी हुने स्थिति आएपछि देशैभरका अण्डा उत्पादक कृषकलाई संगठित गरी अण्डाको बजारीकरणलाई पूर्ववत् अवस्थामा फर्काउन नेतृत्व गर्दै आउनु भएको छ । आफ्नै ४ लाख कुखुरा पाल्दै आउनु भएका पोखरेल नेपालमा अण्डा उत्पादन र बजारीकरणमा सबैभन्दा ठूलो कृषक एवं व्यवसायी हुनुहुन्छ ।

    तीन दशकदेखि पोल्ट्री व्यवसाय गर्दै आउनु भएका पोखरेल पूर्वी चितवनको रत्ननगर निवासी हुनुहुन्छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उहाँको नेतृत्वको दाउन्ने कर्पाेरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एड्भान्स पोल्ट्री, दाउन्ने ट्रे एण्ड प्याकेजिङ््ग छन् । कर्पाेरेटको कार्यकारी निर्देशक पोखरेल हुनुहुन्छ ।

    बि.संं. २०५१ सालमा आफ्नै काकासँग मिलेर काठमाडौँमा पोल्ट्री फार्म सुरु गर्नुभएका पोखरेलले त्यसको पाँच वर्षपछि फार्मसँगै ट्रेडिङको व्यापार थाल्नुभएको थियो । दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उहाँले व्यवसाय सुरु गर्नुभयो । त्यसको केही वर्षपछि २०६३ सालदेखि चितवनमा उहाँको व्यवसाय विस्तार भयो ।

    उहाँकोे समूहभित्र १ सय २० भन्दा बढी साझेदार छन् । यद्यपि, पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाउनु भएको छ ।

    बि.सं. २०६८ सालमा किसान दाना उद्योग सञ्चालनमा आएको हो । यससँगै उद्योगले सुरुमा दैनिक आठ टन दाना उत्पादन गर्ने गरेकोमा अहिले यस कम्पनीले दैनिक ५० टन मास दाना उत्पादन गर्दछ । पोखरेलका अनुसार नेपालको सबैभन्दा ठूलो मास दाना फ्याक्ट्री यही हो ।

    त्यसो त किसान दानासँगै २०७० सालबाट उहाँहरूकै अगुवाइमा दाउन्ने भेट पनि सुरु भयो, जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफ्ना किसानले औषधि पाएको पोखरेल बताउनुहुन्छ ।

    व्यवसाय विस्तारकै क्रममा पोखरेल नेतृत्वको समूहले नवलपरासीको दुम्कीबासस्थित विनयी त्रिवेणी गाउँपालिकामा ३६ बिघा जग्गा किनेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म सुरु गरेको छ । जर्मनी र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल ४ लाख अण्डा उत्पादन गर्ने कुखुरा छन् ।

    त्यहीँ प्राङ्गारिक मल उद्योग पनि उहाँकै कम्पनीले स्थापना गरेको छ । कम्पनीमा कार्यरत धेरै कर्मचारी शेयरधनी समेत छन् ।

    अण्डा उत्पादन गरेसँगै पोखरेलले बजारीकरणमा पनि विशेष ध्यान पु¥याउनु भएको छ । उहाँको भनाइमा केही वर्षभित्र देशका ३० जिल्लामा आफ्नै बिक्री केन्द्र पु¥याइँदै छ । आफैँ उत्पादन गरेर उपभोक्ताको घरनजिकै पसलसम्म अण्डा पु¥याउने लक्ष्य उहाँको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.