• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

बाढी पहिरामा परी तीन जिल्लामा ११ जना बेपत्ता

  •   आइतबार, असार ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा शनिबार भएको वर्षापछि गएको पहिरामा परी ११ जना बेपत्ता हुनाका साथै सडक पूर्वाधार सहितमा ठूलो क्षति पुगेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरामा परी यादव बुढाक्षेत्रीको घर पूर्ण क्षति हुनाका साथै तीनजना व्यक्तिसमेत बेपत्ता भएका छन् । सोही गाउँपालिका–६ स्थित राजकुमार गौतमको घर र स्वास्थ्य चौकीको भवनमा क्षति पुगेको छ ।

    आङखोपमा–३ मा प्रेम सेदिङ, महेश्वर सेदिङ र गणेश सेदिङका तीनवटा घर बगाएको छ । सिरिजङ्घा–४ तेल्लोक स्वास्थ्य चौकीको पोष्टमार्टम घर पुरिएको छ भने स्थानीय नरेन भट्टराईको घर पूर्ण रुपमा क्षति भएको छ । जिल्लाका सहायक सडक साँघु–ओदक, तेल्लोक, निम्बुखोला, सिरिजङा, सिमलबोटे र पाथीभरा याङ्वारक गाउँपालिका, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जोड्ने तथा मेची राजमार्गअन्तर्गत मेवाखामा पहिरो गई सडक अवरुद्ध रहेको सेनाले जनाएको छ ।

    सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले पाँचखपन नगरपालिका–५ खमारेस्थित रौता–चैनपुर पक्की पुल बगाउनाका साथै चैनपुर नगरपालिका–४ दोभानेमा निर्माणाधीन सुपर हेवाखोला हाइड्रोपावरको काम गर्ने मजदुर बस्न बनाएको क्याम्प तथा हाइड्रोपावरमा समेत क्षति पुगेको छ । त्यस क्षेत्रमा खोजी तथा उद्धारका लागि सेनाको नयाँ भैरवीदल गुल्मको सभाखोला जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सुरक्षा बेस सिम्लेबाट अधिकृतको कमान्डमा १५ जनाको नफ्रिको फौज परिचालित भएको छ ।

    चैनपुर नगरपालिकाको पिलुवा खोलामा आएको बाढीले आसपासका घर तथा नुनढाकीस्थित पुल बगाएको छ । सभापोखरी गापा–३ सुनाम्लामा पहिराले गोठ बगाउँदा दुईजना बेपत्ता भएको सेनाले जनाएको छ । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गई सङ्खुवासभा–फाक्सिन्दा सडक खण्ड अवरुद्ध भएकाले घटनाका सूचना सङ्कलन गर्न सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र खडा गरी समन्वय भइरहेको जानकारी दिइएको छ ।

    त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका–३ स्थित हेवा खोलामा बाढीले बगाएपछि त्यस क्षेत्रमा खोजतलास र उद्धारका लागि रणशेर गणबाट अधिकृतको नेतृत्वमा ३५ जनाको सैनिक टोली खटिएको जानकारी दिइएको छ । बाढीमा परी ६ जना स्थानीय बेपत्ता भएको सेनाले जनाएको छ । सोही नगरपालिका–४ मा दुईवटा घर र हेवा खोला जलविद्युत् आयोजनाको इन्टेक पूर्ण रुपले क्षति भएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.