• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

एएफयुमा आर्थिक प्रशासनका कर्मचारीलाई लेखा व्यवस्थापन दिग्दर्शन तालिम

  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रिय कार्यालय, संकाय, निर्देशनालय एवं आंगिक कलेजहरुका आर्थिक प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि ‘न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स’ तालिम सञ्चालन गरिएको छ । पाँच दिनसम्म सञ्चालन भएको सो तालिमको समापन समारोह कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको हो ।

    तालिम समापन समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयका सम्पूर्ण आर्थिक प्रशासनलाई एकै पटक दिईएको तालिमले विश्वविद्यालयको आर्थिक गतिविधीमा एकरुपता ल्याउने बताउनुभयो । डा. काफ्लेले आर्थिक गतिविधीलाई पारदर्शी, मितव्ययी बनाउँदै सुशासन कायम गर्नुपर्ने आवश्यकतालाई तालिमले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले विश्वविद्यालयमा सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वविद्यालयले लागु गरेको ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण निर्देशिका २०८०’ का बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।

    तालिम अवधिभर सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक पुरुषोत्तम शर्मा, नारायणी सिंचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकी, कोष तथा लेखा नियन्त्रक कार्यालय, चितवनका आन्तरिक लेखा परिक्षक सुनिलकुमार उपाध्याय, कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंङ्गाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल, निरीक्षण महाशाखा प्रमुख मेघराज सापकोटा, लेखा अधिकृत संजिव न्यौपाने लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुभएको थियो ।

    विश्वविद्यालयमा लागु हुन लागेको नयाँ लेखा प्रणाली, आम्दानी तथा खर्चको लेखाङ्कन, सांराशं तथा प्रतिवेदनको तयारी, लेखा तथा प्रशासन सम्बन्धी विविध फारमहरुको उचित प्रयोग लगायतका विषय तालिममा समावेश गरिएको थियो । नयाँ बनेको लेखा व्यवस्थापन म्यानुअल नेपाल सरकारको मापदण्ड बमोजिम बनेको जानकारी दिदैं तालिमका संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले भन्नुभयो, ‘यसले विश्वविद्यालय र सो अन्तरगतका सम्पूर्ण निकायहरुको लेखा व्यवस्थापन प्रणालीमा एकरुपता आउने र विश्विद्यालयको आन्तरिक नियन्त्रण प्रणालीमा पारदर्शिता र प्रभावकारीता बढ्ने छ ।’

    तालिममा विश्वविद्यालयको विभिन्न निकाय, संकाय र आंगिक कलेजमा कार्यरत ३१ जना कर्मचारीको सहभागिता रहेको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.