• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

ग्रीनल्याण्ड स्कुलमा ‘बुक फ्री डे’ : व्यवहारिक तथा जीवन उपयोगी सिप सिक्दै विद्यार्थी

  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको कक्षा ४ मा अध्ययनरत प्रविशा पाण्डेले स्कुलमा नै रोटी बनाउन सिकिन् । प्रविशा अहिले सजिलै रोटी पकाउन जान्ने भएकी छन् । स्कुलले मंगलबार सिकाउने व्यवहारिक शिक्षाकै माध्यमबाट प्रविशाले रोटी बनाउन जानेकी हुन् । उनी अहिले रोटी बेल्न र बनाउन सिपालु हुँदैछिन् । उनी सँगै कक्षा ४ मा पढ्ने सुमन सिंह पनि अहिले सुख्खा रोटी पकाउन जान्ने भएका छन् । उनी यस अघि रोटी पकाउन जान्दैन थिए । तर अहिले स्कुलमा उनले रोटी पकाउन सिकेका छन् ।

    ग्रीनल्याण्डमै कक्षा ५ मा अध्यनरत आरभ भुजेल र सद्दाम आलमले कपडामा स्त्री (आइरन) लगाउन सिकेका छन् । उनीहरु अब बिस्तारै आफ्नो कपडा आफै सजिलै आइरन लगाउन सक्ने हुँदैछन् । उनहरुले पनि स्कुलमा नै आइरन गर्न सकेका हुन् । कक्षा ७ का जया कोइराला र कृष्टिना कोइराला पनि बाटेको धुप बनाउन सिक्दैछन् । जया र कृष्टिना जस्तै दीपिका सेढाँई र परिक्षित न्यौपाने पनि बाटेको धुप बनाउन सिकिरहेको बताउँछन् । उनीहरु जस्तै ग्रीनल्याण्डका सयौं विद्यार्थी अहिले व्यवहारिक ज्ञान सिक्दैछन् ।

    स्कुलले यसरी नै विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक र जीवन उपयोगी शिक्षामा जोड दिइरहेको छ । ग्रीनल्याण्डमा हरेक मंगलबार ‘बुक फ्री डे’ हुँदै आएको छ । कोरोनाकाल अघि नै ुबुक फ्री डेु को अवधारणा ल्याएको स्कुलले गत वर्षबाट यसलाई प्रभावकारी तरिकाले अघि बढाईरहेको छ । मंगलबार कक्षा नर्सरीदेखि ७ सम्मका विद्यार्थीहरु किताब कापी बिना नै स्कुल आउँछन् । न सो दिन उनीहरुले स्कुलमा किताब पढ्न पर्छ, न त कक्षाकार्य नै गर्नुपर्छ । सो दिन विद्यार्थीहरु व्यवहारिक तथा जीवन उपयोगी सिप सिक्नमा नै व्यस्त हुन्छन् ।

    किताबका ज्ञानसँग बाह्य ज्ञानका लागि मंगलबार ‘बुक फ्रि डेुमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्की बताउँछन् । विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै व्यवहारिक ज्ञान तथा जीवन उपयोगी सिप सिकाउन सके भविष्यमा जस्तो सुकै परिस्थितिमा पनि जीवनयापन गर्न सक्ने उनको बुझाई छ । यसले विद्यार्थी जीवनलाई प्रभावकारी बनाउने पनि उनको विश्वास छ । ‘मैले यो बिषयमा धेरै सोचे । विद्यार्थीहरु सधैं भारी झोला बोकेर आउँछन् । किताबी ज्ञानमा मात्रै सीमित हुँदैछन् ।

    भविष्यमा हरेक परिस्थितिसँग कसरी जुध्लान भन्ने लाग्थ्यो रु अबको आवश्यकता व्यवहारिक शिक्षा हो भन्ने सोचेर कोरोना अघि नै ‘बुक फ्री डे’ को अवधारणा ल्यायौं, अहिले प्रभावकारी हुँदैछु,’ प्राचार्य कार्की भन्छिन् । ‘बुक फ्री डे’ मा विद्यार्थीहरुलाई चिया बनाउन, रोटी बेल्न बनाउन, धुप बनाउन, उध्रिएको कपडा सिलाउन, कपडामा टाँक लगाउन, कपडा आइरन गर्न जस्ता क्रियाकलाप सिकाउने गरिएको छ । यसले अभिभावकहरुलाई पनि धेरै सहज हुने उहाँको भनाइ छ । ‘धेरै बच्चाको बुवा आमा बाहिर हुनुहुन्छ । अभिभावकको रुपमा हजुरबुवा हजुर आमा हुनुहुन्छ । उहाँहरु बिरामी हुँदा अब बच्चाहरुले तानो पानी तताएर, चिया नस्ता बनाएर दिन सक्छन् ।

    आफ्नो काम आँफै गर्न सक्छन् । यसो सोच्नुहोस् त यसले अभिभावकलाई कती सहज बनाउँछु,’ कार्की भन्छिन् । ‘बुक फ्री डे’ बारे सुरुवाती दिनमा अभिभावकको प्रतिकृया कस्तो आउँला भन्ने चुनौती थियो । सामान्यतया अभिभावकहरुमा आफ्नो बालबच्चा स्कुल गएपछि पढ्नुपर्छ भन्ने सोच हुन्थ्यो । तर अभिभावकहरुले पनि ‘बुक फ्री डे’ लाई सहज रुपमा लिएर राम्रो प्रकृया दिएकोले यसको प्रभावकारीता झनै बढेको उनको भनाइ छ । यसले शिक्षालाई जीवनसँग जोड्न मद्त मिल्ने उनको विश्वास छ ।

    स्कुलमा सिकेका सिपलाई विद्यार्थीहरुले घरमा प्रयोगमा ल्याउन सक्ने सह प्राचार्य उपेन्द्र आचार्य बताउँछन् । अहिलेको शिक्षा सुगा रटाई भन्दा पनि बाहिरी संसारसँग जुध्न सक्ने सिकिमको हुनुपर्ने आचार्यको भनाइ छ । यसैलाई मध्यनजर गर्दै विद्यालयमा ुबुक फ्री डेु हुँदै आएको उनी बताउँछन् । यस्तै विद्यार्थीहरुलाई समूहमा काम गर्दाको प्रभावकारीता बुझाउन पनि मद्त मिल्ने उनको भनाइ छ । ‘अबको शिक्षा प्रयोगात्मक हुनुपर्छ । सुगा रटाई भन्दा बाहिरी संसारसँग जुध्न सक्ने किसिमको हुनुपर्छ ।

    यसले विद्यार्थीहरुलाई भविष्यमा समस्यासँग आँफै जुध्न सिकाउँछ । जस्तो सुकै परिस्थितिमा पनि जीवनयापन गर्न सिकाउँछु,’ आचार्य भन्छिन् । यसैको माध्यमबाट विद्यार्थीको क्षमता पहिचान पनि गर्न सकिने उहाँको भनाइ छ । यससँगै विद्यालयले विद्यार्थीहरुलाई योगा कक्षा पनि दिने गरेको छ । योगाले विद्यार्थीहरुलाई मानसिक रुपले स्वस्थ राख्न मद्त मिल्ने आचार्य बताउँछन् ।

    यस्तै खेलकुद, संगीत, नृत्यलगायतका अतिरिक्त कृयाकलापमा पनि विद्यालयले जोड दिँदै आएको छ । सोही विद्यालयमा संगीत कक्षा समेत लिँदै आएका कक्षा ९ मा अध्ययनरत करण विक भोइस अफ किड्सको उत्कृष्ट १६ भित्र परेका थिए । विद्यालयमा हुने संगीत कक्षाले आफूलाई धेरै सहयोग पुगेको करण बताउँछन् । यस्ता अतिरिक्त कृयाकलाप, व्यवहारिक शिक्षासँगै जीवन उपयोगी सिपमा विद्यालय जिल्लाकै उत्कृष्ट भएको विद्यालयको दाबी छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.