• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

मनोरञ्जन क्षेत्रमा हुने मानव बेचबिखनमा भरतपुर महानगर तेस्रो स्थानमा

  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका पछिल्लो समय मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखनमा नेपाल कै तेस्रो स्थानमा रहेको देखिएको छ । काठमाडौ र पोखरा पछिको मुख्य मनोरञ्जन ब्यबसायको क्षेत्रमा भरतपुर महानगरपालिका रहेकोे एक तथ्यांकले देखाएको छ । सामरी उत्थान सेवा नामक सस्थाले बिहिवार भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धि एक दिने गोष्ठीमा भरतपुर महानगरपालिका मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखनमा काठमाडौ र पोखरा पछिको तेस्रो स्थानमा रहेको पाइएको हो ।

    सस्थाले २०७८ सालमा चितवनको राप्ती,माडी र भरतपुर क्षेत्रमा गरि ४ सय २० घरधुरीमा सर्वेक्षण गरेको थियोे । जस अनुसार त्यस क्षेत्र बाट ९ दशमलव ४ प्रतिशत महिला तथा वालिका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेको पाइएको छ । जस मध्ये ८५ दशमलव ५ प्रतिशत श्रमिकहरुले आफुहरु माथी शोषण हुने गरेको बताएका छन। सर्वेक्षण अनुसार यस क्षेत्रमा १३ दशमलव ६ प्रतिशत श्रमिकहरु १० देखि १४ बर्षका बालबालिकाहरु रहेको देखिएको छ । नेपालमा मानव बेचबिखनबाट प्रभावित हुनेहरु मध्ये ६८ दशमलव ४९ प्रतिशत घटनाहरु आन्तरिक मानव बेचबिखन सग सम्बन्धित रहेको सामरी उत्थान सेवाका अध्यक्ष बिमला गायकले बताउनु भयो ।

    जस मध्ये आन्तरिक मानव बेचबिखनको सबैभन्दा ठुलो क्षेत्र वयस्क मनोरञ्जन क्षेत्र भएको छ, यसले नेपालमा हुने मानव बेचबिखनको सबैभन्दा धेरै अर्थात १८ प्रतिशत हिस्सा ओगटेको छ अध्यक्ष गायकले भन्नू भयो । पछिल्लो समय होटल तथा रेस्टुरेन्ट,खाजाघर, दोहोरी साझ,गजल घर,डान्स बार,हुक्का बार,मसाज सेन्टर,जस्ता स्थल आन्तरिक मानव बेचबिखनका क्षेत्र बन्दै गएका छन । जिल्लामा करिब ६ सय ५० वटा होटल,भरतपुर र रत्ननगरमा गरि करिब ५ सय वटा होटलहरु र झण्डै ७ सय ५० वटा रेस्टुरेन्ट रहेको सस्थाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    त्यस्तै गरि भरतपुर र रत्ननगरमा ९ वटा दोहोरी साझ,३ वटा मसाज सेन्टर र एउटा क्लब सन्चालनमा रहेका छन । नेपालका प्रमुख शहरहरुमा क्याबिन रेस्टुरेन्ट,दोहोरी साझ,डान्सबार,मसाज सेन्टर,पार्लर जस्ता मनोरञ्जन केन्द्रमा यौन शोषणका गतिविधिहरु बढ्दै गएको र बढ्दो वयस्क मनोरञ्जन ब्यबसायले आन्तरिक मानव बेचबिखन तथा ओसारपसारका घटनामा वृद्धि भएको सामरी उत्थान सेवाका कार्यक्रम सयोजक शिबहरी ज्ञवालीले बताउनु भयो ।

    त्यस्तै त्यस्ता ब्यबसायमा कम उमेरका किशोर किशोरीहरुको उल्लेख्य सहभागिता रहेको,श्रम शोषण,यौन दुर्व्यवहार, मौखिक दुर्व्यवहार,बलात्कार प्रयास,शारीरिक सम्पर्कका लागी अनुरोध,अनुचित स्पर्श आदि जस्ता कार्यहरु हुने गरेको ज्ञवालीको भनाइ छ। गोष्ठीमा बोल्दै भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखनको डरलाग्दो अवस्थालाई समयमै समाधान गर्न नसके यसले भबिस्यमा ठुलो दुर्घटना निम्त्याउन सक्ने बताउनु भयो ।

    उप प्रमुख अधिकारीले मानव बेचबिखनको अवस्था दिन प्रति दिन भयावह बन्दै गएको भन्दै यसको समाधानका निम्ति चितवनका सातै पालिका जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो । उहाँले मनोरञ्जनका क्षेत्र मार्फत हुने मानव बेचबिखन पछिल्ला दिनहरुमा थप पेचिलो बन्दै गएको प्रति चिन्ता समेत व्यक्त गर्नु भयो । मानव बेचबिखनका घटना न्यूनीकरणका लागि नेपाल सरकारले दीर्घकालीन रुपमा गरिबी नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने, सचेतना फैलाउनुका साथै सीमानाकामा कढाइ गर्ने जस्ता कार्यलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

    कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाइ शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छाविपरीत काम गर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रूपमा लिने गरिन्छ। हाल मानव बेचबिखन नेपालको मात्र नभएर विश्वव्यापी समस्याको रुपमा चित्रण भएको छ । नेपाल जस्तो बिकासोन्मुख र बेरोजगारी बढी भएको देशमा अझ बढी समस्या देखा परेको हो । मानव बेचबिखन मानवअधिकार र मानव सम्मान एवं प्रतिष्ठाको गम्भीर उल्लङ्घन हो ।

    गरिबी, बेरोजगारी, असमानता, सामाजिक विभेद, लैङ्गिक विभेद, अस्थिरता, हिंसा, न्यून चेतनास्तर, सामाजिक सशक्तीकरणको अभाव, पारिवारिक विघटन आदिलाई मानव बेचबिखनको मुख्य कारकका रुपमा लिन सकिन्छ । भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा चितवनका सातै पालिकाका उप प्रमुख एवं न्यायीक समितिका सयोजक, सदस्यहरु, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, विभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागीता रहेको थियोे ।

    सामरी उत्थान सेवाले चितवन जिल्लाको माडी नगरपालिका र भरतपुर महानगरपालिकामा मनोरञ्जन क्षेत्रमा हुने शोषण र मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि जिविकोपार्जन सुरक्षा परियोजना सन्चालन गरिरहेको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.