काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उनको परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । एक सहयोगीमा कोरोना संक्रमण भएपछि गरिएको परिक्षणमा देउवा, पत्नी डा. आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ। बिहिबार स्वाब संकलन गरिएको थियो । सहयोगीमध्ये दुई जनामा केहिदिन अघि उच्च ज्वरो आएपछि गरिएको परिक्षणमा एक जनामा संक्रमण पुष्टि भएको थियो । सहयोगीमा कोरोना देखिएपछि देउवा परिवार होम आइसोलेसनमा बसेका थिए ।








