काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक पहिलो पटक कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । यसअघि असोज २ गते पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । यसअघिका सबै बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । आजको बैठकमा गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यसअघि बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीको भूमिका प्रदान गरे पनि निर्णय भने दुवै अध्यक्षको सहमतिका आधारमा मात्रै हुनेछ ।








