काठमाडाैँ । प्रताप दास, समिक्षा अधिकारी र अयुशा गौतमको स्वर रहेका ’सानू’ बोलको गीत सार्वजनिक भएको छ । लोक गीतमा नायक आकाश श्रेष्ठ, एलिजा गौतम र समाइरा थापाले स्क्रिन शेयर गरेका छन् । यसको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ, जसलाई प्रभावन जेले निर्देशन गरेका हुन् । निर्देशक प्रभावन जे अक्सर वियोगान्त गीतलाई दृश्यांकन गर्न रुचाउँछन् । शब्द कमल सरगमको हो भने, लय घमेश दुलाल । यसमा एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ । आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो । गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतमले गरेका हुन् ।








