• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्यामिन कालिका मन्दिरलाई उजिल्याउन कस्सिए स्थानीयवासी 

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँको व्यास नगरपालिका–८ कोटथोकस्थित प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाइएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाइएको हो । चन्दा सङ्कलन गरी उक्त मन्दिरमा तामाको छानो छाउने काम सकिएको मन्दिर निर्माण अनुगमन समितिका अध्यक्ष सम्शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार क्यामिन घर भई देश तथा विदेशमा रहेका क्यामिनवासीसँग चन्दा सङ्कलन गरिएको थियो । उक्त कार्यका लागि व्यास नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेकामा रु एक लाख ६५ हजार प्राप्त भएको छ । कूल रु १३ लाखको लागतमा मन्दिरमा तामाको छानो छाउने काम सकिएको कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीकै प्रयासमा चन्दा सङ्कलन अभियान चलायौँ । पोखरा, काठमाडौँलगायत विदेशमा हुनेले यो अभियानमा सहयोग गर्नुभयो ।

    एउटै व्यक्तिले बढीमा रु एक लाखसम्म चन्दा दिनुभएको छ ।” यसअघि मन्दिरमा ढुङ्गाको छानो थियो । तामाको छानो छाइएपछि मन्दिर आकर्षक देखिएको छ । ललितपुरबाट कालीगड ल्याएर तामाको छानो छाइएको हो । तामाको झल्लरमा बुट्टा कुँदिएको छ । ढोका पनि आकर्षक बनाइएको छ । क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविकका १ देखि ८ वडासम्मको पूजा हुन्छ । पुस र साउन महिना बाहेक प्रत्येक महिनाको अष्टमीको दिन पूजा गरिने यस मन्दिरमा बडादशैँ र चैते दशैँमा विशेष पूजा गरिँदै आएको छ । पूजा गर्दा हरेक वडाबाट एउटा पाठी अनिवार्य ल्याउनुपर्नेछ ।

    मन्दिरमा पाठी, राँगो, हाँस, परेवा र भेडा गरी पञ्चबलि दिने प्रचलन रहेको छ । यहाँ पञ्चबलि दिँदा इच्छाएको पुग्ने जनविश्वास रही आएको छ । मन्दिरमा तीन÷चार सय वर्ष पुराना घण्टाहरू समेत अवलोकन गर्न पाइन्छ । साथै मन्दिर परिसरमा चौबिसे राज्यको पालोमा सुरक्षाका लागि बनाइएको गढीसमेत छ । क्यामिन कालिका मन्दिरलाई गोरखा कालिकाको बहिनीसमेत भनिने स्थानीयवासी बताउँछन् । एक हजार दुई सय ३० मिटर उचाइमा अवस्थित क्यामिन कालिका मन्दिर सदरमुकाम दमौलीबाट १४ किलोमिटरको दूरीमा छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् ।

    कुँवरले भन्नुभयो, “यस ठाउँ प्रचारप्रसारको अभावमा ओझेलमा परेको महसुस हुँदै आएको छ । हामीले यसको धार्मिक महत्त्वसहित प्रचारप्रसारमा जोड दिएका छौँ ।” सदरमुकामबाट नजिक रहेकाले पनि यस ठाउँ गन्तव्यस्थलका रूपमा विकास हुन सक्ने उहाँको भनाइ छ । मन्दिर परिसरमा गाह्रो लगाई चाइनिज इँट्टाको टायल लगाउने योजना बनाइएको छ । तर त्यसका लागि आर्थिक अभाव छ । क्यामिन कालिका मन्दिर पूजा तथा संरक्षण समितिका अध्यक्ष इमानसिंह गुरुङले मन्दिरको थप विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको विकासका लागि स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गर्छौं ।”

    दशैँको घटस्थापनाको दिन पहिला मन्दिरमा पूजा गरेर मात्र घरघरमा जमरा राख्ने प्रचलन रहेको छ । उक्त मन्दिर चौबिसे राज्यको पालामा स्थापना भएको बताइन्छ । यहाँ विसं १७०० को घण्टी भेटिएको स्थानीयवासी बताउँछन् । मन्दिरमा एक ब्राह्मण पुजारी छन् । क्यामिन कालिका मन्दिरसमेत समेटिएको क्यासमिरी पदमार्गलाई प्रवर्द्धनका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसलाई समेटेर बनाइएको ‘क्यासमिरी’ पदमार्गको नगरपालिकाले सम्भाव्यता अध्ययन गरिसकेको छ । तत्कालीन जिल्ला विकास समिति तनहुँले यो मार्गको अध्ययन गरेको थियो । त्यसबेला पदमार्गको अध्ययन गरेर नक्सा तयार पारिएको थियो ।

    व्यास नगरपालिका वडा नं ७ सादीबगैँचादेखि सुरु हुने २८ किमि दूरीको पदमार्ग लमजुङको कुन्छासम्म पुगेर टुङ्गिन्छ । पर्यटनविद् हरिसिंह गुरुङले सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिकोणले पदमार्ग उपयुक्त रहेको बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा ७५ प्रतिशत टाकुरै टाकुरोमा पदयात्रा गर्न पाइन्छ । क्यासमिरी जिल्लाका उत्कृष्ट पाँच पदमार्गमध्ये एक हो । जिल्लाको साविक क्यामिन, सतिस्वाराँ, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षर मिलाएर क्यासमिरी नामकरण गरिएको हो । हाल क्यासमिरीका अधिकांश क्षेत्र व्यास नगरपालिकाभित्र पर्दछ । समुद्री सतहदेखि करिब चार सय मिटर उचाइमा रहेको कलेस्ती उपत्यकादेखि तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट एक हजार छ सय ५४ मिटरसम्म फैलिएको छ ।

    ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण यस क्षेत्रअन्तर्गत उत्कृष्ट दृश्यावलोकनका लागि मिर्लुङकोट, सहिद गाउँले परिचित पुलिमराङ, प्रसिद्ध धार्मिकस्थलहरू क्यामिन कालिका, राजापानी महादेव, बसाहास्थान, दर्गा जामे मस्जिद, ठूलोढुङ्गा, मिर्लुङ भँयरथान आदि पर्दछन् । क्यासमिरी क्षेत्रमा मुख्यगरी घरबास, धार्मिक स्थलहरू, प्राकृतिक गुफा, प्याराग्लाइडिङ, ट्रेकिङ÷हाइकिङ पर्यटकीय आकर्षण रहेको छ । क्यासमिरीअन्तर्गत पर्ने मिर्लुङकोट ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ धर्माङ्गत सेन राजाको दरबारको भग्नावशेष, दरबार नजिकै कैलाशपति महादेवको मन्दिर, पश्चिमपट्टि शक्तिदेवको रूपमा पुजिने भयँरथान, सहिद गाउँ पुलिमराङ पर्छ ।

    यही पदमार्गअन्तर्गत सदरमुकाम दमौलीबाट करिब २१ किलोमिटर उत्तरतर्फ भानु नगरपालिका–१३ मा पर्ने टुटेपानी गाउँ समुद्री सतहबाट एक हजार दुई सय ७५ मिटर उचाइमा अवस्थित छ । पैँतीस घरधुरी रहेको टुटेपानी पूरै गुरुङ बस्ती हो । मिर्लुङकोट पदमार्ग र क्यासमिरी पदमार्गको मुख्यद्वारको रूपमा रहेको टुटेपानी गाउँ जिल्लाको नमूना घरबासको रूपमा विकास हुँदैछ । प्रजातन्त्र प्राप्तिका लागि राणाकालीन तानाशाही जहानियाँ शासनको विरुद्धसहादत प्राप्त गर्ने छ जना सहिदको जन्मभूमि पुलिमराङ पनि यही पदमार्गअन्तर्गत पर्ने गाउँ हो । पचासी घरधुरी रहेको यहाँ अधिकांश गुरुङ र क्षेत्री बस्ती रहेको छ । रासस 

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.