• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नारायणगढ–बुटबल सडक: पश्चिम खण्डको म्याद एकवर्ष थप

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । आयोेजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ ।

    “अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ” उहाँले भन्नुभयो, “हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।” पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताउनुभयो । “निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदैछ, केही दिनमा कस्टम क्लियर (भन्सार जाँच) भएर नेपाल भित्रिन्छ” उहाँले भन्नुभयो, “त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।”

    अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम सकाउन अझै चार÷पाँचवर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । “अहिले सडक विस्तारको काम गरिरहेको चाइनिज ठेकेदारले काम गर्न नदिए जाने मनसाय बनाएका छन् । ठेक्का तोडेर धरौटी जफत गर्नुभन्दा अरु कारबाही हामी गर्न सक्दैनौँ” उहाँले भन्नुभयो, “हामीले ठेक्का तोडेको अवस्थामा उनीहरुले विभिन्न कारण देखाएर मुद्दा हाल्ने तयारी गरेका थिए, जसकारण हामीले मुद्दा हार्दा ठूलो क्षति व्यहोर्नुपर्ने थियो ।”

    निर्माण सामग्री नपाएको, विद्युत्का तार नसारेको, रुख कटानमा ढिला गरेको लगाएका कारण देखाउँदै उनीहरु अदालत जाने तयारी गरेका बेला ठेक्का थप गर्नुको विकल्प नदेखिएको उहाँको भनाइ छ । निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरुको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उहाँको भनाइ छ । सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।

    एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ । उहाँका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ । “हामीले दुवै खण्डको म्याद दुई वर्ष थप गर्नेगरी कन्सल्टेन्टलाई निवेदन दिएका थियौँ” उहाँले भन्नुभयो, “कन्सल्टेन्टबाट सिफारिस भएर गएको तीन सय ५० दिन पश्चिम खण्डमा थप भएको छ, पूर्वी खण्डमा तीन सय ३० दिन थप गर्ने सिफरिस भएको छ ।”

    थपिएको म्याद अनुसार पश्चिम खण्ड (दाउन्ने–बुटवल) को म्याद २३ जुलाइमा सकिन्छ । थप गरिएको अवधिमा सडक विस्तारको ७५ प्रतिशत काम सम्पन्न हुने सहव्यवस्थापक झाले दाबी गर्नुभयो । “तेस्रो भेरियन्टको कोभिड, समयमा कच्चापदार्थ नपाउनु, विद्युत्का तार सार्न ढिला हुनु, रुख कटान तथा जिम्माको काममा ढिला हुनु लगायतका कारणले काम ढिला भएपछि म्याद थपको माग गरेका हौँ” उहाँले भन्नुभयो, “अहिले निर्माण सामग्री पर्याप्त रहेको छ, कुनै अवरोध नभएमा काम तीव्र गतिमा अगाडि बढाउन सक्छौँ ।” हाल नारायणगढ बुटवल खण्ड अन्तर्गत पूर्वी खण्डमा १५ किलोमिटर सडक कालोपत्र भएको उहाँले जानकारी दिनुभयो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.