• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै 

  •   शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ । भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो ।

    नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका आदिकवि आचार्यको सम्मानमा आफूहरूले देश तथा विदेशमा रहनुभएका व्यवसायीबाट रकम उठाएर भानुभक्तकालीन घर बनाउन लागेको विकास मञ्चका संस्थापक अध्यक्ष तथा भानुभक्त घर निर्माण समितिका संयोजक रामकाजी कोनेले जानकारी दिनुभयो । “हामी आफ्नै सक्रियता र व्यवसायीबाट जुटेको सहयोगबाट भानुभक्तकालीन घर बनाउने निष्कर्षमा पुगेका छौँ”, उहाँले भन्नुभयो । आचार्यको जन्मघरकै स्वरुपमा अर्को घर निर्माण नगरिएसम्म नेपाली साहित्यको सम्मान नहुने कोनेको भनाइ छ । उहाँले भन्नुभयो, “अब घर निर्माण ढिला गर्न हुँदैन । विभिन्न दाताबाट केही रकम जुटिसकेको छ ।

    चाँडै घर निर्माण थाल्छौँ ।” भानुभक्तकालीन घर निर्माणका लागि करिब रु एक करोड खर्च हुने मञ्चले जनाएको छ । उक्त घरको भित्री भाग सिमेन्ट र रडबाट निर्माण हुनेछ । एक वर्षभित्र नै सक्ने गरी निर्माण गरिने भूकम्पप्रतिरोधी उक्त दुईतले घरको बाहिरी आवरण भने परम्परागत र भानुभक्तकालीन शैलीको रहने छ । भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरको बाँकी रहेको ढुङ्गाको गाह्रोलाई भने सोही अवस्थामा तारबार गरी संरक्षण गरिने संयोजक कोनेले जानकारी दिनुभयो ।

    हाल रहेको भग्नावशेष घरको पछाडि नयाँ घर निर्माण गरिने छ । “आदिकविको जन्मघर दुरुस्तै हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ”, कोनेले भन्नुभयो, “भानुभक्तकालीन त्यही घर र घरको भग्नावशेष हेर्न देश तथा विदेशबाट पर्यटक आउने विश्वास छ ।” मञ्चले सात वर्ष पहिले २०७३ सालमा रु ६८ लाख लागतमा उक्त घर बनाउन शिलान्याससमेत गरेको थियो । हाल सोही डिजाइनलाई केही परिमार्जन गरी घर बनाउन लागिएको हो । तर आगलागी र संरक्षण अभाव देखिएकाले त्यस समय आफूहरूले घर बनाउने काम रोकेको संयोजक कोनेले बताउनुभयो ।

    भानुजन्मस्थल विकास समितिले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने क्रममा करिब रु एक लाख १० हजारको लागतमा आचार्यको जन्मघर पुनःनिर्माण गरेको थियो । विसं २०६० मा भानु सामुदायिक वनमा आगलागी हुँदा खरको छानो रहेको उक्त घर जलेर नष्ट भएको थियो । आगलागी हुुनुअघि नै आदिकवि आचार्यले प्रयोग गर्ने मसी दानी, विभिन्न रचनाका पाण्डुलिपि, भाँडावर्तन, ओदान, ठेकी, मदानी, भोटेताल्चालगायतलाई भानुजन्मस्थल विकास समितिको हाताभित्र संरक्षण गरी राखिएको विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।

    “आदिकविको घर हेर्न आउनेहरू भग्नावशेष देखेर खिन्न भएर फर्किने अवस्था छ”, उहाँले भन्नुभयो, “अब भानुभक्तकालीन घर बनेपछि साहित्यिक पर्यटक बढ्ने विश्वास लिएका छौँ ।” भानुजन्मस्थल विकास समिति मातहात कार्यालय परिसरमा चार रोपनी र स्थानीय पुरनडिहीमा १४ रोपनी तथा भानुभक्तको जन्मघर शिखरकटेरीमा करिब ५० रोपनी गरी कुल ६८ रोपनी क्षेत्रफल जग्गा छ । नेपाल सरकारले शिखरकटेरीमा करिब रु दुई करोड ६० लाख लागतमा दुई वर्ष पहिले निर्माण गरेको रामायण भवनको समेत उचित संरक्षण हुनसकेको छैन । शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत केही स्थानमा भत्किएको छ ।

    राज्यले भानुजन्मस्थल विकासका लागि पर्याप्त बजेट विनियोजन नगर्दा संरचना निर्माणमा विभिन्न दाताको भर पर्नु पर्ने बाध्यता रहेको समितिले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा विकास समितिको बजेट चालुतर्फ रु १५ लाख र पुँजीगततर्फ रु २५ लाख मात्र रहेको छ । विकास समितिमा हाल एक कार्यकारी निर्देशक, एक खरिदार, एक चौकीदार र एक कार्यालय सहयोगी कार्यरत छन् । आदिकवि आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरी आर्थिक उन्नतीको लक्ष्य राखिएको भानु नगरपालिकाको कार्यालयले जनाएको छ ।

    मञ्चले भानुभक्तकालिन घर बनाउन तत्परता देखाउनु सकारात्मक भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । “भानुभक्त कालिन घर बनाउन विकास कोष अग्रसर हुनुलाई सकारात्मक रुपमा लिएका छौँ”, भानुजन्मस्थलमा बाटो र खानेपानीको व्यवस्था गरी सकेको बताउँदै अध्यक्ष त्रिपाठीले भन्नुभयो, “आगामी दिनमा भानुजन्मस्थलको व्यापक प्रचार गरी देश, विदेशका साहित्यकारलाई यो थलोमा जमघट गराउने योजनामा जुट्छौँं ।”

    भानु नगरपालिकाको कार्यालयले विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा आदिकवि आचार्यको एक सय आठ फिटको पूर्ण कदको शालिक बनाउने र भानुकालिन गाउँ बनाउने योजना राखेको प्रमुख त्रिपाठीले बताउनुभयो । बुबा धनञ्जय र आमा धर्मावतीको कोखबाट विक्रम सम्बत् १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । हजुरबुबा श्रीकृष्ण आचार्यबाट संस्कृत शिक्षा पाउनुभएका अदिकवि आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा उल्था गरी सबै नेपालीलाई भाषिक एकतामा जोड्नुभएको हो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.