गुन्जनगर । चनौली वितरण केन्द्र, चितवनबाट वितरीत सम्पुर्ण लाइन शनिवार अबरुद्ध हुने भएको छ ।
३३/११ के.भि.सव(स्टेशन भित्र रहेको पुरानो र जिर्ण अबस्थामा रहेको ६ थान ११ के।भि।का ख्ऋद्य प्यानल बोर्ड फेर्नु पर्ने भएकोले शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चनौली सव(स्टेशनबाट वितरित सम्पुर्ण फिडरहरु बन्द रहने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका कार्यालय प्रमुख शिशिर लम्सालले जानकारी दिनुभएको छ ।
शनिवार भरतपुर महानगरपालिकाको वडा न।६ तथा १३ देखि २८ सम्मको सम्पुर्ण क्षेत्रमा लाई अबरुद्ध हुने र काम सम्पन्न हुँदै जादा लोड व्यबस्थापन गर्न सकिने अबस्था भए तोकिएको समय भन्दा अगाडि लाइन सुचारु गरिने लम्सालले बताउनु भयो ।








