• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

कागबेनीमा आएको बाढीले करोडौँको स्याउ बगायो

  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपुर्‍याए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार तथा कृषि पेसामा आवद्ध भएकाको घर, पुल र गरी खाने बारीनै बगरमा परिणत गरीदिएपछि अहिले हातमुख जोड्न समस्या भइरहेको उनीहरु बताउँछन् ।

    गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब बराबरको भौतिक संरचनामा क्षति पुर्‍याएकोे छ । भौतिक पूर्वाधार, स्थानीयको घर, व्यवसाय तथा विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पु¥याएको समितिले जनाएको छ । बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमासमेत ठूलो क्षति पुर्‍याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताउनुभयो । उहाँका अनुसार शाखाको तथ्याङ्कमा उल्लेख गरिए अनुसार यहाँका किसानको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पातीलगायतका फलफूल बोटमा क्षति पुर्‍याएको छ ।

    बाढीले ११ रोपनी तीन कठ्ठा बारीमा लगाइएको स्याउ बगैँचासहित फलफूलमा क्षति पुर्‍याएको कृषि शाखा प्रमुख धामीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ स्याउका बोट र नर्सरी, ७१ भन्दा बढी खुर्पानीको बोट नष्ट भएको जानकारी दिनुभयो । बाढीले सबैभन्दा बढी स्थानीय किसान कुङ्गा नमडुल गुरुङ, पेमा निङ्बो विष्ट र कर्म छोक्ले गुरुङको स्याउ बारीमा रहेका बोटमा क्षति पुर्‍याएको धामीले बताउनुभयो ।

    बाढीले स्याउ खेतीका साथै कृषियोग्य जमिनका साथै सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा समेत क्षति पुगेको धामीले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी वारिपारी क्षेत्रमा सिञ्चित हुने तीन कुलो तथा गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौ वटा हाते ट्याक्टरसमेत बगाएको छ । “यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश किसानको स्याउ बगैँचामा ठूलो क्षति भएकाे छ ।

    हामीहरुले धेरै दिन लगाएर क्षति विवरण सङ्कलन गरेका छौँ”, धामीले भन्नुभयो, “कोहीको बगँैचा बगाएको छ, कोहीको स्याउ, खुर्पानी र नास्पातीको बोट बगाएको छ, सिँचाइ कोलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।” बाढीले किसानको गोठ र पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिनुभयो ।

    बाढीले २३ गोठ, ३२ लुलु गाई, दुई खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताउनुभयो । बाढीले सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी रू २१ करोड दुई लाख बराबरको क्षति पुर्‍याएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । उक्त विवरण अनुसार ५० घरमा रू ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस पूर्ण र पाँच घरमा आंशिक रुपमा क्षति भएको थियो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.