• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

अङ्कुरम् एकेडेमीद्वारा ज्ञान तथा सीपमूलक वृहत् कार्यक्रम सम्पन्न

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर – ७  स्थित अङ्कुरम् एकेडेमीले ज्ञान तथा सीपमूलक वृहत् कार्यक्रमहरू सम्पन्न गरेको छ । विद्यालय परिसरमा शनिबार आयोजित कार्यक्रम अन्तर्गत अन्तर विद्यालय बेस(भरतपुर इङ्लिस स्कुल सोसाइटी) स्तरीय पौडी प्रतियोगिता, कक्षा ८ का लागि प्लम्बिंग कार्यशाला, कक्षा ९ का लागि वाइरिंग कार्यशाला, कक्षा ४ देखि ७ सम्मका लागि क्यालिग्राफी कार्यशाला, कक्षा ११ र १२ का लागि बास्केटबल प्रतियोगिता तथा हाजिरीजवाफ प्रतियोगिता गरिएको एकेडेमीका सह-प्राचार्य ओमराज मैनालीले जानकारी दिए ।

    विद्यार्थीलाई पाठ्यक्रममुखी शिक्षाले मात्रै नपुग्ने भन्दै व्यवहारिक ज्ञान दिनका लागि एकेडेमीले अतिरिक्त क्रियाकलापहरू नियमितरूपमा गर्दै आएको मैनालीले बताए । पौडी प्रतियोगितामा बेस अन्तरगत २७ वटा विद्यालयका ६० जना विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिता रिले र सिङ्गल तथा छात्र एवं छात्रा समुहबीच छुट्टाछुट्टै भएको थियो ।

    प्रतियोगितामा सिङ्गल छात्र तर्फ ग्रीनफिल्ड स्कुल मुग्लिङका उदय गुरुङ प्रथम, प्रेरणा स्कुल भरतपुर- ११ का सफल सापकोटा द्वितीय र अङ्कुरम् एकेडेमी भरतपुर- ७ का सिमोन तामाङ तृतीय भएका छन् भने सिङ्गल छात्रातर्फ अङ्कुरम् एकेडेमी भरतपुर- ७ कि आर्सिया खनाल प्रथम, ग्रीन फिल्ड स्कुल मुग्लिङकी स्मृति तुमसिङ द्वितीय र प्रेरणा स्कुल भरतपुर- ११ कि जेनिशा तामाङ तृतीय भएकी छन् ।

    त्यस्तै रिले स्विमिङ छात्रतर्फ प्रगति पाठशाला कुरिनटारका रिवाज बानिया र भविन मगर प्रथम, प्रेरणा स्कुल भरतपुर- ११ का सफल सापकोटा र प्रज्वल श्रेष्ठ द्वितीय र ग्रीन फिल्ड स्कुल मुग्लिङका अरुण राई र उदय गुरुङ तृतीय भएका छन् भने छात्रतर्फ अङ्कुरम् एकेडेमीका प्रीशा न्यौपाने र अभिन्या कार्की प्रथम हुन सफल भएका छन् । बिजेता स्कुल र प्रतियोगी विद्यार्थीहरुले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरे ।

    बेस चितवनका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा सम्पन्न स्विमिङ प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य मोहन लामा रहेका थिए । बेस चितवनको वार्षिक क्यालेन्डरमा तय गरिएको अतिरिक्त कार्यक्रम अन्तरगत भदौ १५ गते सम्पन्न पौडी प्रतियोगिता यस वर्षको दोश्रो कार्यक्रम हो । यसअघि नारायणी विद्या मन्दिर शिवघाटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भैसकेको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.