• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

कालिकामा आजदेखि दुईदिने जिल्ला स्तरीय जितिया–कप सुरु

  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । थारुहको जितिया पर्वको अवसरमा चितवनको कालिका आजदेखि जिल्ला स्तरीय जितिया–कप २०८० सुरु भएको छ । थारु युथ स्पोर्टस् क्लब चितवनले आयोजना गरेको यो तेश्रो जितिया–कप हो । कालिका नगरपालिकाको वडा नं. ३ स्थित कवर्डहलमा आयोजना गरिएको जितिया–कपको नगर प्रमुख विनोद रेग्मीले उदघटन गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले स्वास्थ्यका लागि खेलको विकास आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । नगरपालिकाले खेलकुदलाई सधै प्राथमिकतामा राख्दै आएको बताउनुभयो । जिल्ला स्तरिय कार्यक्रम आफ्नो नगरक्षेत्रमा आयोजना गरिएकाले आफुलाई थप उत्साह मिलेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले चितवन अहिले जितियामय बनेको बताउनुभयो । थारुहरुको परम्पराकालदेखि मनाउँदै आएको जितियाको अवसरमा चितवनका गाउँगाउँ हर्ष र उल्लासपर्ण बनेको बताउनुभयो । कतै नाचगान, कतै सचेतनामूलक कार्यक्रम कतै खेलकुद जस्ता गतिविधि जिल्लाभरनै भइरहेको जानकारीदिनुभयो । यस्ताखालका गतिविधिले आफुहरुको कला, संस्कृति चाडपर्वहरु संरक्षणहुँदै जाने उहाँको भनाई थियो ।

    कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति एवम कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठले चाडपर्वसँग खेलकुदलाई जोड्दा यसको प्रभाव अझै बलियो हुने बताउनुभयो ।

    कार्यक्रममा समाजसेवी रमेशजंग थापाले खेलकुदले समाज रुपमान्तरणमा सहयोग पुग्ने बताउनुभयो । कालिकालाई खेलकुदको हब बनाउन सके नगरक्षेत्रले नसोचेको फड्को मार्ने उहाँको भनाई छ । जिल्लाभरका ब्याडमिन्टन खेलाडी र खेलप्रति रुचिराख्नेहरुलाई आफ्नो नगरक्षेत्रमा स्वागतगर्न पाउँदा बेग्लै खुशी मिल्ने गरेको उहाँले बताउनुभयो । कालिकामा आयोजना हुने यस्ताखालका गतिविधिमा आफु निरन्तर सहभागीहुँदै समेत उहाँले जानकारी दिनुभयो । आर्थिक सहयोगमात्रै नभई प्रत्येक्ष रुपमा सहभागी भएर कार्यक्रम सफल बनाउन मेरो उपस्थ्तिी हुँदै आएको छ उहाँले भन्नुभयो ।

    कार्यक्रममा सेन्ट्रल कलेज चितवनका प्रमुख ज्ञविलास (वाइबी) पौडेलले थारुहरुको जितिया पर्वसँग ब्याडमिन्टन प्रतियोगीता आयोजना गरिएकाले यसले परम्परागत चाडपर्व संरक्षणमा टेवा पुग्ने बताउनुभयो । कलेजले धेरै खालका कार्यक्रमगर्दै आउँदा युवाहरुले निकै रुचाएको ब्याडमिन्टन प्रतियोगीतामा पनि कलेजले सहयोग गरेको जानकारीदिनुभयो । थारुहरुको भेषभुषा, कला संस्कृतिलाई संरक्षणगर्ने उद्देश्यले भइरहेको कार्यक्रममा आफुहरु जोडिन पाउँदा निकै खुशीलागेको बताउनुभयो ।

    विभिन्न जातजाति, समुदायसँग हातमालोगर्दै आएको कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानेडा लगायतका मूलुकहरुमा जान चाहने विद्यार्थीहरुका लागि काउन्सिलङगगर्ने काम गर्दै आएको छ । उहाँका अनुसार नेपालमै सीप सिकेर जागिर खान इच्छुक नेपालीहरुलाई सेन्ट्रल कलेजले तालिम समेत दिँदै आएको छ । सीप सिक्न वा उच्च शिक्षा सम्बन्धि भाषा सिक्न रुचि राख्ने विद्यार्थीहरुका लागि कालिकावाट निशुल्क बसको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम थारु युथ स्पोर्टस् चितवनका दीपेन्द्र चौधरीको अध्यक्षतामा आयोजना गरिएको हो ।

    उद्घाटन कार्यक्रममा स्थानीय थारु चेलीहरुको समेत प्रस्तुती थियो ।

    दुई दिन सम्म चल्ने प्रतियोगीतामा दुईखालका खेलहुँदैछन् । थारु खुल्ला प्रतियोगीतामा थारुहरुबीच मात्रै प्रतिस्प्रर्धाहुने छ । खुल्ला थारु तर्फ २२ वटा टिमले भाग लिएका छन् । यस्तै बी लेभल खुल्ला तर्फ ५० टिमले भाग लिएका छन् ।
    प्रतियोगीतामा दुवै खेलमा ( बराबरी पुरस्कार )प्रथम हुने समुहलाई नगद ३० हजार, दोश्रो हुनेलाई नगद १५ हजार, तेश्रोहुने समुहलाई ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । खेल खेलौं स्वस्थ रहौं भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगीताको सह आयोजक न्यू स्टार युवा क्लब कालिका ४ रहेको छ ।

    प्रतियोगिता सफल बनाउन कालिका नगरपालिका, रत्ननगर नगरपालिकाले आर्थिक सहयोग दिएको छ । यस्तै रमेश जंग थापाले प्रथम पुरस्कार सौजन्यगर्नुभएको छ भने सेन्ट्रल कलेजले द्धितीय पुरस्कार सौजन्य गरेको छ । यस्तै मञ्जु श्रीलेपनि द्धितीय पुरस्कार सौजन्य गरेको हो । यस्तै नरकटिया मेडिकल हलले तृतीय पुरस्कार सौजन्य गरेको छ । तृतीय पुरस्कार सौजन्यगर्नेमा रामेश्वर के.सी, रामहरी के.सी पनि रहेको छ । रत्ननगरका वडा नं. ६, ७ र ८ ले पनि आर्थिक सहयोग गरेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.