• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

‘रामबाबुको २५ वर्षको लगानी क्षणभरमै खरानी’

  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति भषिण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।

    आगलागी भएको करिब आधा घण्टामै बारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठीन भएको थियो । सञ्चालक रामबाबु रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीन तले घरमा समेत क्षति पुगेकाले रु १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिनुभयो । उहाँले मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताउनुभयो ।

    ‘क्षणभरमै जल्यो सम्पत्ति’

    सर्लाहीको मलङ्गवा नगरपालिका—११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न हुनुहुन्छ । सुरुमा उहाँले काठमाडौँमा ‘डोर टु डो’ अर्थात घरघरमा गएर सामान बेच्ने काम गर्नुभयो र पछि अरुकै पसलमा बजार व्यवस्थाकका रुपमा काम गर्नुभयो । सर्लाहीबाट झोला भिरेर काठमाडौँ छिर्नुभएका रायले केही समय अरुको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरु गर्नुभयो । “म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौँका घरघरमा गएर सामान बेचेँ ।

    त्यसपछि काठमाडौँबाहिर जिल्ला जिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ”, भावविह्वल हुँदै रायले भन्नुभयो, “तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ ।” व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५÷१६ वर्ष उहाँले काठमाडौँको न्यूरोडस्थित रञ्जना हाउस र महाबौधबाट व्यापार गर्नुभयो । तर विसं २०७२ को गोर्खाभूकम्पपछि व्यापारमा मन्दि भएपछि जनकपुर झर्नुभएका रायले यहाँ रामानन्द चोक नजिकै कपडा व्यापार सुरु गर्नुभयो ।

    छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोर समेत रहेको घरमा लगानी गर्नुभयो । “म एकै पटक ठूलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरु सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब तीन करोडमा यही घर र व्यापारमा लगानी गरेँ तर एकरातमा सबै सखाप भयो”, रायले भन्नुभयो । रायले यही व्यापारलाई बढाउन काठमाडौँको थानकोटमा रहेको चार आना जग्गा, लज र अरु सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट रु तीन करोड ६५ लाख ऋण (लोन) लिएको बताउनुभयो ।

    ‘पीडामाथि पीडा’

    रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उहाँको श्रीमती हुनुहुन्थ्यो । उहाँले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिरहनुभएको थियो । “घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुई वटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो”, रायले आफ्नो पीडा सुनाउनुभयो । जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ ।

    त्यसको असर रायले पनि भोग्नुभयो । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दिले समस्या भोग्नुभएका उहाँ दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा हुनुहुन्थ्यो । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याउनुभएको थियो । “समस्या थियो तर पनि हिम्मत हारेको थिइन । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ ।

    दसैँ तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपे तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए”, गम्छाले टिलपिलाएका आँसु पुच्दै रायले भन्नुभयो, “भगवान! पीडामाथि पीडा किन दिएको ? अब के गरेर खानु ? कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।” सबैभन्दा दुःखको कुरा त रायले बैंकबाट ऋण लिँदा गरिने बीमाबाहेक सामानको बीमासमेत गर्नुभएको छैन । “जायजेथा बेँचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौँबाट भूकम्पले विस्थापित ग¥यो, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठिबास् नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने !” रायले निराशा पोख्नुभयो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.