बुटवल । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ, कपिलवस्तु र अर्घाखाँचीको सीमा क्षेत्र भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका हुन् । प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई मुख्य केन्द्र मानेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव छ ।








