नवलपरासी । ठूला चाडपर्व दशैं र तिहार नजिकिएसँगै सीमामा तस्करी गर्नेहरु सक्रिए हुन थालेका छन् । कोभिड १९ का कारण सिमापारीबाट आउने सामाग्रीहरु ठप्प भएको बेला कपडा तस्करीहरु भने सक्रिय हुन थालेका छन् । शुक्रवारमात्रै भारतको सीमा नाकाबाट अवैध रुपमा भित्राइएको ३५९ थान लेडिज कुर्ता सलवार वरामद गरेको पश्चिम नवलपरासी प्रहरीले जानकारी दिएको छ । एउटा अटोरिक्सा सहित ४ लाख ९३ हजार ९ सय मूल्य बराबरको कपडा वरामद गरिएको छ । अवैध कपडा ल्याउदै गरेको अटोका चालक प्रहरीलाई देखिेपछि अटो छाडेर भागेका थिए । बिहान करिव ११ बजेको समयमा भारतबाट नेपाल तर्फ लु १ ह १९६४ नम्वरकोे अटोरिक्सामा राखि ल्याउँदै गरेको ४ बोरामा ३५९ थान कुर्ता सलवार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बरामद गरेकोे हो । बरामद सामान करिव १ लाख ९३ हजार ९ सय र अटोरिक्साको मुल्य ३ लाख गरी जम्मा ४ लाख ९३ हजार ९ सय मुल्य बराबर रहेको छ । प्रहरीद्धारा बरामद १ अटोरिक्सा र ३५९ थान कुर्ता सलवार आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।








