काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-५ ले प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी बनाउने प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपा प्रदेश-५ का प्रमुख सचेतक भूमिश्वर ढकालका अनुसार दाङको पक्षमा मतदान गर्नुपर्ने, पार्टीले ह्वीप जारी गर्ने र त्यसविरुद्ध उभिए कारवाही समेत गर्ने निर्णय भएको छ । प्रदेशको स्थायी राजधानी बुटवल हुनु पर्ने विषयलाई लिएर नेकपाकै सांसदले विरोध गरेका छन् । प्रदेश सभामा ८७ सांसदमध्ये नेकपाका ६१ जना छन् ।








