• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् । यसले सामुदायिक वनहरू पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएका छन् । सामुदायिक वनले वन र वन्यजन्तु लक्षित गरी पर्यटकीय गतिविधिलाई बढाउँदै जाँदा वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको गैँडाकोटबाट त्रिवेणीसम्म वन र वन्यजन्तुमा आधारित पर्यटन फस्टाउँदो रहेको छ । निकुञ्जसँग गाँसिएका धेरैजसो मध्यवर्ती सामुदायिक वनमा वन र वन्यजन्तु अवलोकन गराउने कार्यक्रम तय गरिएका छन् । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकबाट वनको आम्दानीसमेत बढ्दो रहेको छ । यहाँका वनमा गैँडा अवलोकनलाई मुख्यरूपमा जोड दिइएको छ । गैँडासँगै बँदेल, मृग, हरिण, भालु, मयुरलगायतका वन्यजन्तु र चराको अवलोकन गर्न सकिने हुँदा यसैलाई लक्षित गरी सामुदायिक वनमा जङ्गल सफारी गराउने गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो ।

    जङ्गल सफारीमा आउने पर्यटकबाट लिइने शुल्क वनको आम्दानीको स्रोतसमेत भएको उहाँले बताउनुभयो । “निकुञ्जसँग जोडिएकाले यहाँ गैँडा अवलोकन प्रमुख मानिन्छ, त्यसबाहेकका वन्यजन्तु र चरा अवलोकनका लागि समेत उपयुक्त क्षेत्र भएकाले हामीले यसैलाई आधार मानी पर्यटनलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “यसैअनुसार मुख्य गरी जङ्गल सफारी गराउने गरिएको छ ।” मध्यवर्ती वन र निकुञ्ज क्षेत्रबीच भएर नारायणी नदी बग्ने हुँदा नदीमा आश्रित चरा अवलोकनका लागि समेत यो क्षेत्र महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

    नदी आसपासका रमणीय दृश्य आफैँमा पर्यटकलाई आकर्षित गर्ने रहेकाले आफूहरूले सोहीअनुसार वनभित्र ‘इको करिडोर’ निर्माण गरेको उहाँले बताउनुभयो । सामुदायिक वनहरूले एकीकृतरूपमा वन र वन्यजन्तु अवलोकनका लागि मार्ग निर्माण गरेका छन् । अमलटारी क्षेत्रमा पर्ने गुद्रही ढकाहा, शान्तिकुञ्ज, कृष्णसार, नमूना मध्यवर्ती सामुदायिक वनले मिलेर दुई हजार २० हेक्टरको ‘इको करिडोर’ निर्माण गरेका छन् । पर्यटक सहजै वन्यजन्तुको अवलोकन गर्न सकुन् भनेर चारवटा वनले सयुक्तरूपमा यस क्षेत्रमा पर्यटकीयमार्ग निर्माण गरेका हुन् ।

    पर्यटकले एक स्थानबाट प्रवेश गरेपछि चारैवटा वन क्षेत्रमा सहजै भ्रमण गर्न सक्ने अध्यक्ष महतोले बताउनुभयो । जिल्लाकै शिशवार उपभोक्ता समितिमा आबद्ध रहेका चारवटा मध्यवर्ती वनले समेत सामूहिक योजना बनाएका छन् । दिव्य, प्रगति, नारायणी र मातृभूमि मध्यवर्ती सामुदायिक वन मिलेर वनमा ‘सफारीको रुट’ बनाएका छन् । वन्यजन्तु अवलोकनलाई पर्यटकले प्राथमिकता दिने गरेकाले यसैलाई लक्षित गरिएको छ । नारायणी नदी किनार चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्र पर्यटकको रोजाइमा पर्ने क्रम बढ्दै गएपछि वनहरूले सामूहिक योजना अगाडि बढाउन थालेका हुन् ।

    वन क्षेत्रभित्र विभिन्न स्थानमा वन्यजन्तु अवलोकनका लागि मचान निर्माणसहित घाँसेमैदान र सिमसार व्यवस्थापनका लागि वनहरू लागेका छन् । सामुदायिक वनले वन र वन्यजन्तु लक्षित पर्यटकीय गतिविधि बढाउँदै जाँद यी क्षेत्रमा घरबास र होटल स्थापना हुने क्रम बढेको छ । मध्यवर्ती सामुदायिक वनसँगै जोडिएर आधा दर्जन बढी घरबास स्थापना भइसकेका छन् । यो सँगै पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल स्थापना गर्ने क्रमसमेत बढ्दो छ ।

    मध्यवर्ती सामुदायिक वन वन्यजन्तु अवलोकनको क्षेत्रका रूपमा विकास हुँदा पर्यटक लक्षित गरी घरबास र होटल खुल्ने क्रम बढेको घरबास एशोसिएसनका केन्द्रीय अध्यक्ष एवं अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनियार थारूले बताउनुभयो । “मध्यवर्ती सामुदायिक वनमा गैँडासहितका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको आगमन बढेको छ, सोहीअनुसार पर्यटक लक्षित गरी घरबास र होटल यस क्षेत्रमा खोल्ने क्रमसमेत बढेको छ”, उहाँले भन्नुभयो ।

    धेरैजसो पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेको उहाँले बताउनुभयो । “वन र वन्यजन्तु अवलोकन पर्यटकको आकर्षणका रूपमा विकास भएको छ, यसमा आधारित पर्यटकीय गतिविधि बढ्दा यस क्षेत्रका संरक्षणकर्मीसमेत उत्साहित छन्”, अध्यक्ष थारूले भन्नुभयो । रासस

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.