बुटवल । प्रदेश ५ को राजधानीको विषयमा विवाद बढिरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् । रुपेन्देहीका सांसदसमेत रहेका श्रेष्ठले प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका हुन् । सांसद् श्रेष्ठलाई प्रदेश सरकारले केही हप्ता अघि मात्रै समितिको सभापतिमा नियुक्ति गरेको थियो। उनी बुटवल राजधानी हुनपर्ने पक्षमा रहेका छन्। प्रदेशसभामा दाङमा प्रदेश राजधानी बनाउने प्रस्ताव पेश भएपछि बुटवल तनावग्रस्त बनिरहेको छ ।








