चितवन । रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो ।
अस्पतालका सूचना अधिकारी पारस अधिकारीका अनुसार महोत्सवको टिकट लिएर उपचार गराउन आउँदा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । महोत्सव प्रवेश टिकट लिएर आउनेले आगामी एक महिनासम्म १५ प्रतिशत छुट पाउने उहाँले जानकारी दिनुभयो । अस्पतालमा सामान्य उपचारदेखि शल्यक्रिया गराउँदा पनि यो छुट पाउने अधिकारीले बताउनुभयो।
पछिल्लो समय चितवन मेडिकल कलेजमा सामान्य उपचारदेखि अतिविशिष्टिकृत र क्यान्सर रोगको समेत उपचार हुँदै आइरहेको छ । रत्ननगर महोत्सव आज पुस २६ गतेदेखि माघ ८ गतेसम्म टिकौली चौरमा भईरहेको छ ।








