• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

अफ्रिकन स्वाइन फिबरबाट पशुलाई बचाउन उच्च सतर्कता

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बङ्गुलाई अफ्रिकन स्वाइन फिबरबाट बचाउनका लागि उच्च सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले जिल्लामा बङ्गुर पाल्दै आएका कृषकलाई सो रोग लाग्न नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । कार्यालयका अधिकृत दीपचन्द्र घिमिरेका अनुसार जिल्लामा यो रोग फैलन नदिन नाकाहरुमा कडाइ गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सङ्क्रमण रोग नियन्त्रण समितिले परिपत्र गरेर जिल्लाका कुनै पनि नाकाबाट बङ्गुर र सोसँग सम्बन्धित अन्य पदार्थ भित्रन नदिन निर्देशन गरेअनुसार सबै नाकामा कडाइका साथ जाँच गरिएको उहाँको भनाइ थियो ।

    अधिकृत घिमिरेले भन्नुभयो, “अहिलेसम्म जिल्लामा यो रोग देखिएको छैन । उच्च सतर्कता अपनाउन सके बचाउन सकिन्छ ।” अहिले जिल्लाका केही फार्ममा क्लासिकल स्वाइन फिवर देखिए पनि अन्य रोग नदेखिएको र यो रोग भने निवारण गर्न सकिने उहाँले जानकारी दिनुभयो । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका केही फार्महरुमा क्लासिकल स्वाइन फिवरको सङ्क्रमण देखिएको छ । बङ्गुर पाल्ने कृषकसँगको छलफलमा यो रोगबाट बच्नका लागि बङ्गुरलाई खोरमा थुनेर पाल्ने, खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउन कार्यालयले आग्रह गरेको अधिकृत घिमिरेले बताउनुभयो ।

    बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधैँ फार्ममा रहेका बङ्गुरसँग नमिसाइ २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएमा मात्र बथानमा मिसाउने, बङ्गुरको खोर तथा फार्म वरिपरि नियमित चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्नुपर्ने हुन्छ । यो रोग फ्लु भाइरसका कारण लाग्ने भएकाले उच्च सतर्कता र निगरानी बढाउन किसानमा कार्यालयले अनुरोध गरेको हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो ।

    गत वर्ष जिल्लामा अफ्रिकन स्वाइन फिबरबाट ठूलो क्षति भएपछि अहिले सुरुवाती समयमै सावधान अपनाउन अनुरोध गरिएको हो । गत वर्ष यहाँका नौ वटा कृषि फार्मका बङ्गुर यस रोगबाट मरेका थिए । घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा अफ्रिकन स्वाइन फिवरको भाइरसले सङ्क्रमण गरेर गत वर्ष धेरै यस्ता पशुको मृत्यु भएको थियो । यो रोग सङ्क्रमित सुँगुर र बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको ¥याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, त्यस्ता बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण भएको खोरमा काम गर्ने कामदार वा सङ्क्रमण भएको खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदिको प्रयोगबाट पनि सर्ने गर्दछ ।

    यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो ( १०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने, दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, धरमराउने र बच्चा तुहिनेजस्ता लक्षण देखा पर्दछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.