• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

घर जग्गा बेचेर क्यान्सरको उपचारका लागि सहयोग कोष

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । क्यान्सर रोगबाट पीडित बिरामीको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गर्नुभएको छ । काठमाडौँको किर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ७३ वर्षिय तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा देवी पराजुलीले कोष स्थापना गर्नुभएको हो । उहाँहरुले काठमाडौँमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गर्नुभएको छ ।

    उहाँहरुले आफ्नो छोरा स्व डा अञ्जन पराजुलीको सम्झनामा रु एक करोड एक लाख ११ हजार एक सय ११ बराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष’ स्थापना गर्नुभएको हो । स्व अञ्जनको ठूलो आन्द्रामा क्यान्सर भइ विसं २०७८ वैशाख १ गते ४२ वर्षको उमेरमा निधन भएको थियो । अष्ट्रेलियामा रहनुभएका अञ्जनको उपचारका क्रममा विदेशमा नै निधन भएपछि परिवारले क्यान्सरका कारण कोही मर्नु नपरोस् भनेर कोष स्थापना गरिएको बुबा तीर्थराजले बताउनुभयो । क्यान्सरको समयमा पहिचान हुन नसक्दा छोरो गुमाउनु परेको बताउँदै उहाँले यो रोगबाट आर्थिक अवस्था कमजोर भएकालाई बचाउनका लागि कोष स्थापना गरिएको बताउनुभयो ।

    तीर्थराजले भन्नुभयो, “हामी त पीडामा भयौँ नै, अरु कोही पनि यस्तो पीडामा पर्नु नपरोस्, हाम्रो सहयोग काम लागोस् भनेर कोष स्थापना गरेका हौँ ।” क्यान्सर पीडितलाई सरकारले दिने अनुदान सहयोग रकम सकिएपछि यो कोषबाट उपचार गर्ने गरी रकम हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । पराजुली परिवारले सो रकम बराबरको चेक आज अस्पतालका कार्यकारी निर्देशक डा शवजी पौडेल र अध्यक्ष डा विजय न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ ।

    कोष सञ्चालनका लागि अस्पतालका कार्यकारी निर्देशकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने, कोषबाट सुविधा प्राप्त गर्ने व्यक्तिको विवरण दातालाई जानकारी गराउने, सेवा प्राप्त बिरामीलाई भेट्ने र कुरा गर्ने वातावरण सृजना गर्ने, सुविधा प्रदान गरिएका व्यक्तिको उपचारको किसिम र त्यसको अवस्थालगायत विषयमा जानकारी गराउने गरी दुईपक्षीय सम्झौता गरिएको छ । रकम ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा न्यौपानेले कोषबाट धेरै बिरामीले नयाँ जीवन पाउने विश्वास व्यक्त गर्नुभयो ।

    यसको सही सदुपयोग गरिने उहाँको भनाइ छ । अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले कोषलाई सञ्चालन गर्नका लागि कार्यविधि बनाएर अघि बढ्ने बताउनुभयो । अशक्त, असाहाय तथा आर्थिक अवस्था कमजोर भएकाको पहिचानका लागि समिति गठन गरेर काम गरिने उहाँको भनाइ छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.